सिवाईसीद्धारा कुश्मिसेरामा १ दिने सहकारी शिक्षा तालिम सम्पन्न

सुमन जि.सी.
बागलुङ, १० पौष २०७३

सिवाईसी बचत तथा ऋण सहकारी संस्था लि. सदस्य सेवाकेन्द्र कुश्मिसेराको आयोजनामा कुश्मिसेरामा सदस्य तथा गैर शेयर सदस्यहरुका लागि १ दिने सहकारी शिक्षा तालिम आईतवार सम्पन्न भएको छ ।

संस्थाले कुश्मिसेरा सेवाक्षेत्र अन्र्तग सदस्यता बृद्धि गर्ने अभिप्रयाले तालिमको आयोजना गरेको थियो । तालिम कार्यक्रममा सिवाईसी बचत तथा ऋण सहकारी संस्थाको परिचय, संस्थाका सेवा सुविधा, सहकारीको परिभाष, सिद्धान्त मूल्य मान्यता आदीका विषयमा संस्थाका ऐक्सेस कार्यदल सदस्य सीता शर्मा र प्रवन्धक नवराज शर्माले प्रशिक्षण गर्नुभएको थियो ।

तालिम कार्यक्रम सदस्य सेवाकेन्द्र कुश्मिसेराका संयोजक कृष्णप्रसाद रिजाल ऐक्सेस कार्यदल सदस्य सीता शर्माको प्रमुख आतिथ्यता, सञ्चालक सदस्य सीता शर्मा कँडेल, सदस्य सेवाकेन्द्र तित्याङका संयोजक कुमार प्रसाद उपाध्याय, सदस्य सेवाकेन्द्र कुश्मिसेराका सल्लाहाकार पदमवहादुर श्रीसको शुभकामना मन्तव्य तथा सदस्य सेवाकेन्द्रका कुश्मिसेराका सचिव चित्रप्रसाद चापागाईको सञ्चालनमा सम्पन्न भएको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *