हिरक जयन्ती नजिकीदै गर्दा प्रचार प्रसार र आर्थिक अभियानलाई तिव्रता, झण्डै १ करोड संकलन

कौरव खत्री, बागलुङ २०७४ पुस २३ । बागलुङ जिल्ला गल्कोट नगरपालिका ८ काँडेवास स्थित जनजागृति माध्यमिक विद्यालयको हिरक जयन्ती नजिकीदै गर्दा विद्यालयले प्रचार प्रसार र आर्थिक अभियानलाई तिव्रता दिएको छ ।

हिरक जयन्ती मनाउन जम्मा १७ दिन बाकी रहदा विद्यालयले देशका विभिन्न जिल्लाका शहर बजारहरुमा यस क्षेत्रबाट बसाइ सराइ गरेका विद्यालयका पूर्व विद्यार्थी, समिति र अभिभावक एवं समाजसेवीहरुसंग जनभेटघाट निमन्त्रणा गदै हिरक जयन्तीको प्रचार प्रसार सँगै आर्थिक संकलनलाई तिव्रता दिएको विद्यालयका प्राचार्य तेजिन्द्र बुढाथोकीले जानकारी दिए ।

आर्थिक सहयोग संकलन अभियान मार्फत हालसम्म स्वदेश तथा विदेशबाट गरि हाल सम्म ९२ लाख रकम जुटेको विद्यालयका शिक्षक डिल बहादुर बुढाथोकीले बताए ।

गल्कोट नगरपालिका वडा नं. ८ काँडेबासमा रहेको जनजागृति माध्यमिक विद्यालयको ६० औ बर्ष पूरा गरेको अबसरमा यहि माघ १० देखि १४सम्म हिरक जयन्ती मनाउन गइरहेको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *