मध्यपहाडी लोकमार्ग राक्सेमा मोटरसाईकल दुर्घटना : शिक्षक पौडेल गम्भिर घाईते !

कमल पौडेल, बागलुङ (खर्वाङ) २०७४ पुस २२ । मध्यपहाडी लोकमार्गको बागलुङ-बुर्तिवाङ सडक खण्ड अन्तर्गत बडीगाड गाउँपालिका वडा नं २ को राक्सेमा मोटरसाईकल दुर्घटना हुँदा एक जना घाइते भएका छन्।

ध १ प ३१०७ नं। को मोटरसाइकल सडक वाट उछिट्टीएर तल खस्दा ढोरपाटन नगरपालिका वडा नं ५, वर्ष ३४ का किरण पौडेल घाइते भएका हुन्।

टाउकोमा गम्भिर चोट लागेका घाइते पौडेलको खर्वाङमा प्राथमिक उपचार पछि थप उपचारको लागी हेलिकप्टर मार्फत मेट्रोसिटी हस्पिटल पोखरा पुर्याइएको छ।

स्थानिय शिक्षक समेत रहेका पौडेल बागलुङवाट वुर्तिवाङ फर्किदै गर्दा सो दुर्घटना भएको हो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *