बामिया- चिसापानी जोड्ने दरमखोलामा निर्मित झोलुंगे पुलको उद्घाटन !

थम्मन थापा सन्देश, गल्कोट २०७४ पुस २२ । निवर्तमान सांसद प्रकाश शर्मा पौडेलले गल्कोट नगरपालिका ७ मल्म बामिया- चिसापानी जोड्ने दरम खेलामा नवनिर्मित झोलुङगे पुलको उदघाटन गरेका छन् ।

चिसापानी घाट झोलुङगे पुल उपभोक्ता समितीदवारा आयोजित कार्यक्रम वीच दरमखोलामा निर्मितउक्त पुलको उदघाटन गर्दै पौडेलले निर्वाचनमा पराजित भए पनि विकासको कार्यमा आफु कहिल्यै पछाडी नपर्ने बताए। सांसद हुँदा जति सक्रिय भएर काम गरें त्यति नै हरेक समयमा सक्रिय भएर लाग्ने उनको भनाई थियो ।

८९ मिटर लम्बाई रहेको बामिया चिसापानी जोडने झोलुङगे पुल नगद रु ३५ लाखको लागतमा निर्माण गरिएको थियो । साविक जिल्ला विकास समिति बागलुङ, मल्म गाविसको आर्थिक सहयोग र स्थानियको जनश्रमदानमा दरमखोलामा सो पुल निर्माण गरिएको हो । कार्यक्रममा गलकोट नगरपालिकाका नगर प्रमुख भरत शर्मा गैरे, नेपाली काग्रेस महाधिवेशन प्रतिनिधि मञ्जु शर्मा चालिसे, नेपाली काग्रेसका जिल्ला सदस्य ओमकार थापा, भिमापोखरा युवा कल्वका अध्यक्ष मणिभद्र शर्मा लगायतले मन्तव्य व्यक्त गरेका थिए ।

सो अवसरमा जग्गादाताहरु बसन्त मल्ल, टिका बहादुर दर्जी, लक्ष्मण दर्जी, उत्कृष्ट कामदारहरु नर बहादुर थापा, नविन थापा, तिल बहादुर थापा, लाल बहादुर गुरुङ र दुर्गा दर्जीलाई सम्मान समेत गरिएको थियो ।

झोलुङगे पुल समुदघाटन समारोह चिसापानी घाट झोलुङगे पुल उपभोक्ता समिति बामियाका अध्यक्ष विष्णु मल्लको अध्यक्षता, उपाध्यक्ष नर बहादुर थापाको स्वागत र सचिव रत्न बहादुर मल्लको सञ्चालनमा सम्पन्न भएको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *