महिलाहरुको नेतृत्व विकास एवं आर्थिक व्यवस्थापनमा सहकारीको भूमिका प्रशंसनीय : काउचा

थम्मन थापा सन्देश, गल्कोट २०७४ पुस २२ । महिलाहरुको नेतृत्व विकास एवं आर्थिक व्यवस्थापनमा सहकारीको भूमिका प्रशंसनीय भएको गल्कोट नगरपालिकाकी उपप्रमुख रेणुका काउचा मगरले बताएकी छन् ।

उपप्रमुख काउचाले विस २०६९ मा स्थापना भएको मनकामना महिला बचत तथा ऋण सहकारी संस्था लिमिटेड गलकोट ९ मल्मको पाँचौ साधारण सभाको आज बाँसखोलामा उदेघाटन गर्दै यस्तो बताएकी हुन् ।

कार्यक्रमकी प्रमुख अतिथि उपप्रमुख काउचाले सहकारीमा आवद्ध महिलाहरुले आफनो जीवनस्तर उकास्न व्यवसायिक रुपमा अघि बढदै जानु पर्ने बताएकी छन् ।

उपप्रमुख काउचाले सेवाग्राहीलाई नगरपालिकाले दोहोरो करको मारमा नपार्ने बताउदै नगरपालिकाले सम्पुर्ण सहकारीका समस्यालाई मध्यनजर गर्दै सबै सहकारीका अध्यक्षहरु सॅग छलफल गरि सहकारी तालिम सञ्चालन गर्न बजेट समेत विनियोजन गरिसकेकोले आवश्यक सुझाव सल्लाह अनुरुप नै अगाडी बढने जानकारी गराईन । पछिल्लो समय सहकारीले महिलाहरुको नेतृत्व विकास, एक आपसमा स्वामिप्यता, आर्थिक व्यवस्थापन सॅगै स्तरवृद्धीमा उल्लेख्य भूमिका खेलेको नगर उपप्रमुख काउचाको धारणा थियो ।

कार्यक्रममा सहकारीका लेखा संयोजक कमला मल्लले सहकारीको प्रगति तथा आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।
सो अवसरमा सामुदायिक सेवा केन्द्र गल्कोटका अध्यक्ष मञ्जु शर्मा चालिसे, मल्म बहुउद्येश्यीय सहकारी संस्था लिमिटेडका अध्यक्ष छुम बहादुर थापा, गलकोट नगरपालिका वडा नं ९ का अध्यक्ष तेज बहादुर थापा, ग्रामीण जनएकता बचत तथा ऋण सहकारी संस्था लिमिटेडका सचिव पुरुषोत्तम गौतम, ग्रामीण बचत तथा ऋण सहकारी संस्था लिमिटेडका अध्यक्ष घनश्याम गौतम, भैरव माध्यमिक विद्यालयका प्रधानध्यापक चक्रवर्ती शर्माले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रममा असल बाल बचतकर्ता, नियमित खुत्रुके बचतकर्ता, असल ऋणी, उत्कृष्ट बचत समुह, नियमित बचतकर्ता, आवधिक बचतकर्ता र उत्कृष्ट सेयर सदस्य लगायतलाई सम्मान समेत गरिएको थियो । सहकारीले यो आर्थिक वर्षमा ६३ लाख ६८ हजार ३ सय ९४ रुपैयाको आर्थिक कारोबार गर्न सफल भएको छ ।

साधारण सभा सहकारी संस्थाका अध्यक्ष नमुना गौतमको अध्यक्षता, सचिव सावित्री शर्माको स्वागत र उपाध्यक्ष जीवनज्योति विश्वकर्माको सञ्चालनमा सम्पन्न भएको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published.