बागलुङ भगवती यातायात सेवाको अधिवेशन सम्पन्न : अध्यक्षमा पराजुली सर्व सम्मत

प्रदिप पन्त, बागलुङ २०७४ पुस २२ । बागलुङ भगवती यातायात सेवा बागलुङको दोस्रो बार्षिक साधारण सभा तथा प्रथम अधिबेशन सम्पन्न भएको छ । अधिबेशनले सर्वसम्मत रुपमा नय“ा नेतृत्व चयन गरेको छ अधिबेशनले डिलबहादुर पराजुलीको अध्यक्षतामा ९ सदस्यीय नय“ा कार्यसमिति निर्विरोध निर्वाचित गरेको छ । त्यसैगरि बरिष्ठ उपाध्यक्षमा हरि बहादुर रुचाल,उपाध्यक्ष भुपेन्द्र खडका,महासचिव मनोज खडका, सचिव गोबिन्द बहादुर पौडेल ‘गोपाल’ र कोषाध्यक्ष राजकुमार पौडेल रहेका छन् ।

त्यस्तै अन्य सदस्यमा झनर गौचन, पंकज रेग्मी,शुुिसल कार्की रहेका छन् । यातायात सेवा समितिको अधिबेशनले सर्वसम्मत रुपमा नय नेतृत्व चयन गरेको निर्वाचन समितिका संयोजक शिवप्रसाद कडेलले बताए ।

यातायात समितिले आगामी दिनमा देशका अन्य शहर तथा ग्रामिण क्षेत्रमा सेवा संचालनका लागि नय“ा रुटको खोजी गरि सवारी साधनको व्यवस्थापन सहित सबैको सहयोगका साथ अगाडि बढने नवनिर्वाचित अध्यक्ष पराजुलीले बताए । उनले कार्यहरुलाई प्रभावकारी बनाउन समयसापेक्ष अनुसार सÏटवेयर पद्धतिको विकास सगै देशभरका यातायात व्यवसायी संस्थाहरुस“ग सहकार्य गरि अगाडि बढने लक्ष्य लिएको समेत बताए ।

कार्यक्रममा संस्था स्थापना देखि यह“ा सम्म आउदा व्यवसायी र यात्रुको हकहितको लागि बिभिन्न आरोह,अवरोह चुनौती झल्नुपरेको स्मरण गर्दै आगामी दिनमा सर्वसुलभ,प्रभावकारी र व्यवस्थित भएर लाग्न नय“ा नेतृत्वलाई निवर्तमान अध्यक्ष ओमबहादुर खडका ‘शिव’ले शुभकामना व्यक्त गरेका थिए । कार्यक्रममा सहभागीले यातायात व्यवसाय यात्रुमुखी, व्यवसायीमुखी र उपभोक्ता केन्द्रित हुदै अगाडि बढनुपर्ने सुझाव समेत दिएका थिए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published.