खुल्ला पुरुष भलिबल प्रतियोगिताको उपाधी छन्त्याल कन्ट्रक्सनलाई

बागलुङ २०७४ पुस २२ । बागलुङ महोत्सवको मुख्य आकर्षकको रुपमा रहेको खुल्ला पुरुष भलिबल प्रतियोगिताको उपाधी छन्त्याल कन्ट्रक्सनले पाएको छ ।

१२ समूहको सहभागिता रहेको भलिबल प्रतियोगितामा पश्चिमाञ्चल भलिबल संघलाई सोझो ३ सेटले पछि पार्दै छन्त्याल कन्ट्रक्सन प्रथम भएको हो । पश्चिमाञ्चल भलिबल संघले व्दितिय स्थान प्राप्त गरेकोछ ।

त्यस्तै २३ नम्बर बाहिनी अड्डाले तृतीय स्थान हासिल गरेकोछ । भलिबलमा विजेता भएको छन्त्याल कन्ट्रक्सनले नगद रु १ लाख १ हजार १ सय ११, उप–विजेता पश्चिमाञ्चल भलिबल संघले नगद रु ५५ हजार ५ सय ५५ र तृतिय हुने २३ नम्बर बाहिनीले ३० हजार ५ सय ५५ प्राप्त गरेका छन ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *