राप्रपा अध्यक्ष कमल थापाले भने, वर्तमान सरकारको औचित्य सकियो !

सरकारबाट पार्टीका मन्त्रीहरु फिर्ता बोलाउने राप्रपाको तयारी !

मकवानपुर २०७३ माघ २१ । राप्रपाको सबै २०५ निर्वाचन क्षेत्रमा आज क्षेत्रिय अधिवेशन हुँदै छ । यसैक्रममा पार्टी अध्यक्ष कमल थापा हेटौडामा रहेका छन् ।
आज मिडाया नेपालले हेटौँडामा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष थापाले ६ महिना पहिले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा गठन भएको वर्तमान सरकारको औचित्य समाप्त भएको बताएका छन् ।

पत्रकार सम्मेलनमा अध्यक्ष थापाले यो सरकारले संविधानको कार्यान्वयन गर्न नसकेको, मधेशवादी दलहरुका मागहरु पूरागर्न नसकेकोे, निर्वाचन आयोगलाई पठाएको पत्र विरोधाभासपूर्ण भएकोले सरकारले निर्वाचनको वातावरण बनाउन अग्रसर ने नभएको आरोप लगाउदै यो सरकारको औचित्य समाप्त भएको किटान गरेका हुन् ।

देशमा विद्यमान मधेश समस्याको समाधान नगरी निर्वाचन संभव नभएको उल्लेख गर्दै अध्यक्ष थापाले संसदमा दर्ता गरिएको संविधान संशोधन प्रस्ताव पारीत गराउन समेत दाहालले सक्रियता नदेखाएकाले यो सरकारमा सहभागी नहुने बताए । उनले सरकारमा रहेका पार्टीका मन्त्रीहरुलाई फिर्ता बोलाउने संकेत पनि दिए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *