गल्कोट सहकारी सस्थाको २० औ साधारण सभा तथा अधिबेसन सम्पन्न !

गुमान सिंह भण्डारी, गल्कोट २०७४ पुस २२ । गल्कोट बचत तथा ऋण सहकारी सस्था लिमिटेडको २० औ साधारण सभा तथा अधिबेसन सम्पन्न भएको छ । गलकोट नगरपालिकाका नगरप्रमुख भरत शर्मा गैरेको प्रमुख आतिथ्यता रहेको अधिबेसनले गणेश खत्रीको अध्यक्षतामा ९ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । समितिको उपाध्यक्ष छम बहादुर खत्री, सचिव योगेश भण्डारी, सहसचिवमा सचिन शर्मा न्युरे र कोषाध्यक्षमा सुनमाया ढकाल रहेका छन् । समितिको सदस्यहरु पदम श्रेष्ठ, तम बहादुर कार्की, मिनु काउचा, लाल बहादुर खत्री रहेका छन् ।

त्यस्तै शेर बहादुर थापाको संयोजकत्वमा ३ सदस्यीय लेखा सुपरिवेक्षण समिति गठन भएको छ । टोप बहादुर खत्री र थम्मन सुनार रहेका छन् ।

साधारण सभामा समाजसेवी यम बहादुर श्रीस, गलकोट सामुदायीक सेवा केन्द्रका अध्यक्ष मञ्जु शर्मा चासिले, लेखा सुपरिवेक्षण समितीका संयोजक बन्द्रिप्रसाद ढकाल, सेयर सदस्य टिकाराम कडेल, सहकारीको तर्फदेखि मल्ल बहुउदेश्यीय सहकारी सस्थाका अध्यक्ष छुम बहादुर थापा, प्रभु बैङका प्रबन्धक चेतनारायण गौतम लगायतले मन्तब्य राखेका थिए ।

सभामा सस्थाका सचिव भबिन्द्र थापाले प्रगति प्रतिबेदन, र सस्थाका कोषाध्यक्ष छम बहादुर खत्रीले २१ करोड, १ लाख १८ हजार २ सय ३ आम्दानी खर्च सार्वजनिक गरेका थिए ।

भामा पुरानो कर्मचारी कृष्णबहादुर खत्री, नियमित बालबचत कर्ता तर्फ कल्पना गौतम, तिलक बम मल्ल, नियमित सेयर बचत तर्फ रन बहादुर पुन, कमला श्रीस, नियमित किस्ता भुक्क्तानि गर्नेतर्फ रन बहादुर थापा, आशा थापा, जेहेन्दार बिद्यार्थी तर्फ मनिसा लोहनी र गौरव श्रीस, सस्थाका बढि कारोबार सेयर सदस्य तर्फ बिष्णु कुमारी खत्री बुढा, असल कर्मचारी तर्फ योकमाया श्रीस, लगनसिल सेयर सदस्य दुर्गा श्रीसलाई सम्मान प्रदान गरिएको छ । कार्यक्रम सस्थाका अध्यक्ष राम बहादुर खत्रीको अध्यक्षता, गणेश खत्रीको स्वागत मन्तब्य र सदस्य सुनमाया ढकालको सञ्चालनमा सम्पन्न भएको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *