अभ्यास शिक्षणका विद्यार्थीले नियमित हप्ता अतिरिक्त कार्यक्रम गराए

शान्त खत्री माैसम, गल्काेट २०७४ पुस २२ । ताराखाेला गाउँपालिका वार्ड न ३ कांक्राखोर आधारभुत बिधालयमा हरि मा बि बाट अभ्यास शिक्षणका विद्यार्थी द्रारा नियमित हप्ता अतिरिक्त क्रियाकलाप संचालन गरेका छ

यो हप्ता अतिरिक्त क्रियाकलाप अन्तर्गत कक्षा ६ देखि ८ सम्मको वक्तृवकला प्रतियोगिता र कक्षा ३ देखि ५ सम्मको कुर्सी दौड प्रतियोगिता सप्पन्न भएको छ ।

कक्षा ६ देखि ८ सम्मको वक्तुत्वकला प्रतियोगितामा ९ जनाको सहभागीता रहेकोमा गोदावरी सदनका जिवन रोका प्रथम , सुर्यमुखी सदनकी शर्मिला निउरे दोस्रो त्यस्तै गोदावरी सदनका ईश्वर खत्री तेस्रो र गोदावरी सदनकै प्रमिला निउरे सान्त्वना भएकी छन ।

उक्त कार्यक्रम बिधालयका प्र अ धर्मदत्त उपाध्ययको अध्यक्षता र अभ्यास शिक्षणका विद्यार्थी शान्त खत्री मौसमको संचालन सम्पन्न भएको थियो ।

त्यस्तै कक्षा ३ देखि ५ सम्मको कुर्सी दौड प्रतियोगितामा सुर्यमुखी सदनकी सुस्मिता निउरे प्रथम , मखमली सदनका गौरव निउरे दोस्रो त्यस्तै गोदावरी सदनका सुमित निउरे तेस्रो र सयपत्री सदनका सुरज निउरे सान्त्वना भएका छन । उक्त कार्यक्रम अभ्यास शिक्षणका विद्यार्थी रुद्रलाल निउरेले संचालन गरेका िथए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published.