ढोनपा र तमानखोला गांउपालिका स्तरीय खराल वंशउद्धार समितीको गठन

छबिलाल पाण्डे, बुर्तिवाङ २०७४ पुस २२ । ढोरपाटन नगरपालीका र तमानखोला गांउपालिकामा बस्दै आएका खराल दाजुभाई द्धारा शुक्रबार बुर्तिबाङमा खराल वंशउद्धार समितीको गठन गरेका छन् ।

खराल दाजुभाईलाई एकीकृत गर्दे वंशजबिचको आत्मियता तथा सबै दाजुभाईलाई चिनजान तथा एकतामा सक्रियता जनाउनका निम्ती जिल्ला स्तरीय वंशउद्धार समिती गत बर्ष स्थापना भएपनी स्थानीय स्तरमा समेत पहिलो पटक बैठक बस्दै कार्यसमितीको गठन गरिएको जिल्ला खराल वंसउद्धार समितीका कोषाध्यक्ष नगेन्द्र खरेलले ब गत बर्ष कृष्ण प्रसाख खरालको अध्यक्षतामा जिल्ला कार्यसमितीको गठन गताए ।

यस पटक ढोरपाटन नगरपालका र तमानखोला गांउपालीका स्तरीय समिती गठन गर्दे निरन्तर बैठक बस्ने, प्रतिस्थानको सम्रक्षणार्थ कोष स्थापना गर्ने, दाजुभाईको वंसावली पुस्तिकामा छुटपुट भएका दाजुभाईलाई थप्दै पुस्तिकामा देखिएका त्रुटि सच्चाउने, आजिवन र साधारण सदस्यता वितरण गर्ने लगाएतका निर्णय गर्देचुडामणि खरालको अध्यक्षतामा ७ सदस्यिय ढोरपाटन नगरपालीका र तमानखोला गांउपालीका स्तरीय खराल वंसउद्धार प्रतिस्थानको गठन गरिएकोछ ।

समितीको उपाध्यक्षमा तुल्सिराम खराल, सचिब रामप्रसाद खराल, सहसचिब रञ्जना खराल, कोषादक्ष कृष्ण खराल सदस्यहरुमा पुर्ण बहादुर खराल र तालकुमारी खराल रहेका छन् ।

आयोजित कार्यक्रम जेष्ठ सदस्यको तर्फबाट शेषकान्त खरेलको अध्यक्षतामा भएको थियो। खराल प्रतिस्थानका केन्द्रिय सदस्य सागर खरेलको बिशेष उपस्थिती, जिल्ला अध्यक्ष कृष्ण प्रसाद खरालको आतिथ्यता, रामप्रसाद खरेलको स्वागत रहेकोमा जिल्ला कोषाध्यक्ष नगेन्द्र खरेलको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो । सो अवसरमा थर लेखाईमा खरेल लेख्ने गरीएपनी खरालबाट खरेल लेखाउन सुरु गरिएको बताईएको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published.