खुल्ला महिला भलिबल प्रतियोगितामा दर्शन ट्रान्सपोर्ट टिम विजयी

बागलुङ २०७४ पुस २१ । पाँचौ बागलुङ महोत्सवको अवसरमा आयोजना गरिएको खुल्ला महिला भलिबल प्रतियोगिताको उपाधी दर्शन ट्रान्सपोर्टले जितेको छ । बागलुङ खेलकुद विकास संघलाई लगातार ३ सेटले पछि पार्दै दर्शन ट्रान्फर विजयी भएको हो । दर्शनले ७५ हजार ५ सय ५५ नगद पुरस्कार राशीको प्रथम पुरस्कार हात पारेको छ ।

दश टिम सहभागी रहेको महिला भलिबल प्रतियोगिताको आज सम्पन्न खेलमा दोश्रो बनेर जिल्ला खुलकुद विकास संघले रु ३० हजार ५ सय ५५ राशीको दोश्रो पुरस्कारमा चित्त बझाएको छ भने तेश्रो स्थानमा वाईसीएल बागलुङ विजयी बनेको छ । उसले २० हजार पुरस्कार प्राप्त गरेको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *