नगर विकास समिति र नयाँ शहर आयोजनाको कार्यालयमा लगाएको ताला ४ घण्टा पछि खोलियो !

सुमन सुनार, बुर्तिवाङ २०७४ पुस २१ । ढोरपाटन नगरपालिका–१ बुर्तिबाङ बजार स्थित बुर्तिबाङ नगर विकास समितिको कार्यालय तथा बुर्तिबाङ नयाँ शहर आयोजना कार्यालयमा लगाईएको ताला चार घण्टापछी खोलिएको छ ।

शहरी विकास तथा नगर विकास समितिले लक्ष्य अनुसारको कुनै पनि योजना कार्यन्वयन तर्फ तत्परता नदेखाएको, बार्षिक बजेट दुरुपयोग र फ्रिज भई लक्षित कार्यक्रमहरु सबै सुसुप्त अवस्थामा पुगेको भन्दै आज बुर्तिबाङका स्थानिय बासिन्दा दल बहादुर भण्डारीको नेतृत्वमा यहाँका स्थानियले कार्यालयमा तालाबन्दी गरेका थिए । साथै बजार क्षेत्रमा ढल निकास, सड्क मर्मत लगायतका विकाश निर्माणका कार्यगर्दा समेत ब्यवस्थीत तरिकाले नगर्ने तथा काम सुरु गरिए पनि पुरा नगरी विभिन्न कारण देखाएर विचैमा छोडिदिने जस्ता कारणले बजार क्षेत्र कुरुप र अस्तब्यस्त हुन पुगेको भन्दै यी सबै कुराहरुमा सुधार ल्याउनका निम्ती दबाव स्वरुप बुर्तिबाङ नगर विकास समितिको कार्यालय तथा बुर्तिबाङ नयाँ सहर आयोजना कार्यालयमा ताला लगाउनुको विकल्प नभएका कारण तालाबन्दी गरिएको स्थानिय भण्डारीले बताए ।

आज मध्यन्न १२ः३० बजेको समयमा लगाईएको ताला करिव ४ घण्टा पछि स्थानिय जनप्रतिनिधी, राजनितिक दल, प्रहरी प्रशासन, समाजसेवी, बुद्धिजिवि, पत्रकार लगायतको रोहबरमा खोलिएको हो ।

ढोरपाटन नगरपालिका, स्थानिय राजनैतिक दलका प्रमुख तथा प्रतिनिधि, स्थानिय समाजसेवी, बुद्धिजिवि र बुर्तिबाङ नगरविकास समिति तथा बुर्तिबाङ नयाँ शहर आयोजना समिति विचको लामो बार्ता र छलफल पछि असन्तुष्ट स्थानियले राखेका गुनासोहरुलाई मध्यनजर गरि आगामी दिनमा कार्यालयद्धारा भएका कमीकमजोरीलाई सुधार गर्दै जाने सहमती पश्चात २ ओटै कार्यालयमा लगाईएको ताला खोलिएको हो ।

ताला खोल्ने सम्बन्धमा ढोरपाटन नगरपालिकाको कार्यालयमा नगरप्रमुख देवकुमार नेपालीको अध्यक्षतामा बसेको बैठकले विभिन्न निर्णयहरु समेत गरेको छ । जस अन्तर्गत बुर्तिबाङ नयाँ शहरी योजनाबाट सञ्चालन भएका र हुने विभिन्न योजनाहरुको ठेक्कापट्टा सम्बन्धी फाईल नगरपालिकाको कार्यालयमा पेश गर्नु पर्ने, नयाँ शहर योजनाबाट सञ्चालन हुने बिद्युत सोलार लाईट के–कस्तो अवस्थामा अगाडि बढिरहेको छ, त्यसको जानकारीका लागी नयाँ सहरी योजनालाई माग्ने, नयाँ सहरी योजनाको माग, योजना र उक्त कार्यालयले गर्ने खर्चको बिवरण नगरपालिकामा पेश गर्ने निर्णय गरिएको छ । यस्तै कार्यरत कर्मचारीहरुको अवस्थाको अभिलेख माग गर्ने, बुर्तिबाङ नयाँ शहरी योजनाबाट सञ्चालन भएका र हुने विभिन्न योजनाहरुको अनुगमन गर्नका निम्ती छानविन समिति गठन गर्ने, बुर्तिबाङ बजारमा सडक पिच नभएको तथा आवतजावतमा समेत कठिनाई भएकाले समयमै सड्क पिच तथा ब्यवस्थापन गर्ने कार्यलाई तिब्रता दिने निर्णय समेत गरिएको नगर प्रमुख नेपालीले बताए ।

बैठकमा ढोरपाटन नगरपालिकाका उप–प्रमुख करमति पुन, नगर विकास समितिका अध्यक्ष मेषलाल शर्मा, एकिकृत सेवा केन्द्र बुर्तिबाङका प्रमुख जनक थापा, ईलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रहरी प्रमुख कृष्ण राना, नेकपा माओबादी केन्द्रका राम प्रसाद नेपाल, लगायत पत्रकारहरुको विशेष उपस्थीती रहेको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *