दाङ, गुल्मी, स्याङ्गजा, पोखरा हुँदै काठमाण्डौ पुग्ने बैकल्पीक राजमार्ग खोल्ने तयारी

प्रेम सुनार, गुल्मी, २०७४ पुस २१ । ५ नम्वर प्रदेशको राजधान दाङ्ग हुने चर्चा चलिरहेका वेला गुल्मीका जनप्रतिनिधीहरुले दाङ्ग, प्युठान, गुल्मी, स्याङ्गजा र पोखरा हुँदै काठमाण्डौं जोडने बैकल्पीक राजमार्ग खोल्ने तयारी थालेका छन् । गुल्मी क्षेत्र नम्वर २ प्रदेश १ का सांसद सुदर्शन बरालको अवधारणामा यस्तो वैकल्पीक राजमार्ग खोल्ने तयारी सुरु भएको जनाईको छ । सांसद वरालको नेतृत्वमा धुर्कोट गाउँपालिका प्रमुख भुपाल पोखरेल , माओवादी केन्द्र गुल्मीका सह संयोजक निमबहादुर पाण्डे सहितको टोली स्थलगत अध्यानका लागि यति वेला धुकोैट पुर्कोट हुँदै प्युठान पुगेका छन् ।

अँस्ती देखि सुरु भएको अध्यानका क्रममा उनिहरुले धुर्कोट , पुर्कोट र प्युठानको झिम्रुक गाउँपालिकाका जनप्रतिनिधीहरु संग उक्त राजमार्गको महत्व र औचित्य वारे अन्तरकृया गरी रहेका छन् । सांसद वरालले अन्तरकृयाका क्रममा सवै जनप्रतिनिधीहरुबाट उत्साह जनक प्रतिकृया दिएको बताए । उक्त राजमार्ग सर्वे डिजाईनिङ्गका लागि पुर्व अर्थमन्त्री कृष्णबहादुर महराको पालामा करिव १ करोड रकम परी सकेको र बाँकी सर्वे पश्चात आवश्यक रकम विनियोजनको पहल थालिने सांसद वरालले जानकारी दिए ।

रोल्पाका प्रतिनिधी सभा सदस्य तथा अर्का पुर्व अर्थमन्त्री वर्षामान पुन र प्युठानका प्रदेश सभा सांंसद कृष्णध्वज खड्का पनि यस योजनाका लागि सकारात्मक भएको वरालको भनाई छ । स्याङ्गजाको वालिङ्ग हुँदै गुल्मीको शान्तिपुर ईन्द्रगौडा रातडाँडा पुर्कोट प्युठान हुँदै दाङ्ग जोडदा तराई तर्फको व्यस्त राजमार्गको सास्तीबाट सुदुर पश्चिमका जनतालाई सुविधा हुने , अर्घाखाँचीको वल्लो भेग , गुल्मीका जनतालाई पोखरा काठमाण्डौ पुग्न छोटो दुरी र सहज यात्रा हुने वरालको ठम्याई छ ।

यस राजमार्ग खुले पछि गुल्मीको पुर्कोट धुर्कोट , रातडाँडा , ईन्द्रगौडा र शानितपुरमा वजारीकरण बृद्धि हुने र व्यापार व्यवस्याय बढ्ने , तराईको राजमार्गमा हुने बन्द हड्ताल र लामो दुरीको सास्तीबाट यस भेगका जनताले राहत पाउने उनको दावी छ । नेता वराल २०६४ को संविधान सभा निर्वाचनमा सविकको १ नम्वर क्षेत्रबाट निर्वाचित भई सके पछि कालिगण्डकी कोरिडोरको अवधारण ल्याई नेपाली सेनालाई निर्माणको जिम्मा दिनमा अग्रणी भुमिका खेलेका थिए । त्यस्तै रुद्रवेणी देखि अस्लेवा ठुलोलुम्पेक हुँदै सत्यवती र मुक्तिनाथ सम्मको पदमार्गको योजना पनि उनैले ल्याएका थिए ।

रुद्रवेणी देखि वामीटकसर सडक खण्डका विभिन्न स्थानमा आफुले १२ वटा मोटरेवल पुल पारे पनि कांग्रेस नेता एक्लैले ४२ वटा पुले पारे भनेको प्रति उनको गुनासो छ । त्यस्तै २०६८ साल देखि उनै सासद वरालले जनता आवास कार्यक्रम जिल्लामा भित्राएका थिए । अहिले भने कांग्रेस नेता चन्द्र भण्डारीले जनता आवास कार्यक्रमको उच्चारण नै न गरी आफुले उपहारका रुपमा गरिवका घर बनाई दिन लागेको भन्ने अभिव्यक्तिलाई उनले हाँस्यास्पद भनेका छन् ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *