कविता घर्तीमगर, पोखरा/बुर्तिवाङ २०७४ पुस २१ । बागलुङको पश्चिम व्यापारिक केन्द्र ढोरपाटन नगरपालिकाको सदरमुकाम बुर्तिवाङ बजारमा पांचौ पुरुष तथा प्रथम महिला राष्ट्रिय आइ. टि. एफ. तेक्वान्दो प्रतियोगिता हुने भएको छ । बागलुङ स्थित ढोरपाटन आइ. टि. एफ. तेक्वान्दो दोजाङको आयोजना बागलुङ जिल्ला आइ. टि. एफ. तेक्वान्दो संघको सह आयोजना र नेपाल अन्तराष्ट्रिय तेक्वान्दो महासंघको संरक्षणमा आगामी पुसको २८ र २९ गते बुर्तिबाङ बजारमा आयोजना हुने प्रतियोगिताको सम्पूर्ण तयारी पुरा भएको आयोजकले पोखरामा पत्रकार सम्मेलन गरी जानकारी दिएका छन् ।
प्रतियोगितामा दुई बिभागीय टीम सहित ८ टीमको सहभागीता रहने आयोजक ढोरपाटन आइ. टि. एफ. तेक्वान्दो दोेजाङका खेल संयोजक भुपेन्द्र पुन मगरले पत्रकार सम्मेलनमा जानकारी दिए । पुनका अनुसार उक्त प्रतियोगितामा पूर्वाञ्चल, मध्यमाञ्चल, पश्चिमाञ्चल, मध्य–पश्चिमाञ्चल तथा सुदुर–पश्चिमाञ्चल विकास क्षेत्रहरु विभागिय टीमहरु नेपाल आर्मी क्लव र नेपाल ए.पि.एफ क्लव, र आयोजक गरी ८ टीमले सहभागीता जनाउनेछन ।
स्पेशल फ्रि स्पाइरिङ्ग, पुरुष (५५–६३) के.जी र महिला (४७–५५) के.जी समुह गरी विभिन्न तीन बिद्यामा प्रतियोगिता गरिने छ । जसमा पुरुष तथा महिला तर्फ प्रथम हुनेलाइ समान ४ सय अमेरिकी डलर, गोल्ड मेडल र प्रमाणपत्र, दोश्रो हुनेलाई ३ सय अमेरिकी डलर सिल्भर मेडल र प्रमाणपत्र र तेश्रो हुनेलाई २ सय अमेरिकी डलर ब्रन्ज मेडल प्रमाणपत्र प्राप्त गर्नेछन ।
उक्त खेलमा भाग लिने खेलाडी न्यूनतम ब्ल्याक बेल्ट तथा विगतमा राष्ट्रिय स्तरको खेलमा उपलव्धि हासिल गरेको हुनुपर्र्नेे आयोजकले जनाएको छ ।¬ प्रतियोगिताका लागी तयारी तिव्र पारिएको आयोजकले जानकारी दिएको छ ।