तमानखोलाको बोंगादोभानमा २ दिने आयुर शिक्षा तथा उपचार शिविर सुरु !

सुमन सुनार, २०७४ पुस २० । तमानखोला गाँउपालिकाको बोंगादोभानमा आज देखि २ दिने आयुर शिक्षा तथा उपचार शिविर सुरु भएको छ ।
“स्वास्थ्य, सुन्दरता र समृद्धि हामी सबैको चाहाना हो, रोग औषधीलेमात्र निको हुदैन, रोग आहार विहार र पथ्यबाट निको हुन्छ, खाना खानुमात्र ठुलो कुरा होईन, खाना पचाउनु महत्वपुर्ण कुरा हो” भन्ने मुल नारा सहित मानिसहरुलाई प्राकृतिक जीवनशैलीसंग सम्बन्धित आयुर स्वास्थ्य शिक्षा संगै एनलाईजर मेसिनद्धारा होलबोडि जेकजाँचका निम्ती आयोजना गरिएको उक्त शिविरको आज एक कार्यक्रमका विच उद्घाटन गरिएको छ ।
आयुर सदन प्रा.लि काठमाण्डौको आयोजनामा सञ्चालन गरिएको उक्त शिविरमा त्यस क्षेत्रका करिव ८० जना भन्दा बढिको सहभागीता रहेको छ ।
भोली सम्म जारी रहने शिविरको उद्घाटन कार्यक्रममा आयुर सदनका निर्देशक प्रकाशराज बगालेल शिविरका विषयमा जानकारी गराएका थिए । शिविरको आज पहिलो दिन आयुर सदन प्रालि काठमाण्डौका प्रबन्ध निर्देशक तथा प्राकृतिक स्वास्थ्य चिकित्सा विशेषज्ञ नरेन्द्र हमालद्धारा सहभागीलाई प्राकृतिक जिवनशैलीसंग सम्बन्धित आयुर शिक्षा संगै एनालाईजर मेशिनद्धारा होलबोडी चेकजाँच समेत गरिएको छ ।
तमानखोला गाँउपालिकाका उपाध्यक्ष मासरी शेरचनको अध्यक्षता रहेको उद्घाटन कार्यक्रममा स्थानिय जनप्रतीनीधी, राजनैतिक दलका प्रतिनिधि, समाजसेवी, बुद्धिजिवि लगायतको आतिथ्यता रहेको थियो ।
तमानखोला गाँउपालिका प्रमुख प्रशासकिय अधिकृत खिम विश्वकर्माको स्वागत मन्तब्य रहेको कार्यक्रमको सञ्चालन सामुदायिक रेडियो परिवर्तन ९२ मेगाहर्जका स्टेशन म्यानेजर राम सुवेदीले गरेका थिए ।
यस लगत्तै शिविर यहि पुस २२ र २३ गते निसीखोला गाँउपालिकाको झिँवाखोला बजारमा, पुस २४ र २५ गते ढोरपाटन नगरपालिकाको बुर्तिबाङ बजारमा र पुस २६ र २७ गते बडिगाड गाँउपालिकाको खर्बाङ बजारमा हुने आयुर सदनका निर्देशक प्रकाशराज बगालेले बताए ।
नेपाल सरकाद्धारा मान्यता प्राप्त यस संस्थाले विभिन्न स्थानमा शिविर मार्फत मानिसहरुलाई प्राकृतिक जीवनशैली सम्बन्धी प्रशिक्षण, प्राकृतिक भिटामिन तथा खनिज तत्वका विषयमा जानकारी, आहार विहारबाट स्वस्थ रहने कलाको ब्यवहारिक ज्ञान, किसानहरुका लागी अर्गानिक खेतीका लागी बिउ विजन सम्वन्धी जानकारी गराउनका लागी आयुर स्वास्थ्य शिक्षा तथा स्वास्थ्य समस्या भएकाहरु अथवा शरिरमा देखिएका विभिन्न समस्याको प्राकृतिक उपचार विधिका लागी एनलाईजर मेशिनद्धारा स्वास्थ्य चेकजाँच, परामर्श र आवश्यक प्राकृतिक र अर्गानिक औषधी समेत वितरण गर्दै आएको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published.