जिल्ला युवा समिति बागलुङको अध्यक्षमा पौडेल नियुक्त

प्रदीप पन्त, बागलुङ २०७४ पुस २० । जिल्ला युवा समिति बागलुङले झन्डै एक बर्षमा अध्यक्ष पाएको छ । नेपाल सरकार मन्त्रिपरिषदको निर्णयले बानपा ११ रायडा“डाका बिष्णु पौडेललाई अध्यक्ष नियुक्त गरेको हो । नियुक्तभएसगै जिल्ला युवा समिति बागलुङका अध्यक्ष पौडेलले एक कार्यक्रमका बिच पदभार ग्रहण गरेका छन्र । नेपाल सरकाले पौडेलललाई बागलुङको अध्यक्षमा नियुक्ति गरेको हो ।

पदभार ग्रहणपछि आयोजित कार्यक्रममा बोल्दै नवनियुक्ति अध्यक्ष पौडेलले जिल्लामा रहेको युवाहरुलाई सशक्त र सवलिकरण गर्दै लैजाने बताए । उनले युवाहरु दैनिक बिदेशी रहेको अवस्थामा स्वदेशमा नै रोजगारी दिलाउनको लागि बिभिन्न सिप,तालिम हुदै आत्मनिर्भर बनाउन आफनो तर्फबाट सक्दो प्रयास गर्ने बताए । उनले सरकारले युवाहरुको लागि १० बर्षिय योजना अगाडि सारेको अवस्थामा अव दिगो र व्यवस्थि बनाउन सबैको सहयोग र साथ आवश्यक रहेको बताए ।

१६ देखि ४० बर्ष उमेर भित्रका युवाहरुलाई दक्ष ,व्यवसायिक,रोजगारी र बिदेश पलाएन हुनबाट रोक्नको लागि काम गर्दै जाने उनले बताए ।
जिल्ला युवा समिति बागलुङका कार्यालय प्रमुख कुश्माराज उपाध्यायले अध्यक्ष पौडेललाई पदभार गराएका थए ।

कार्यक्रममा जिल्ला युवा समिति बागलुङका सदस्य एवं जिल्ला समन्वय समितिका बरिष्ठ कार्यक्रम अधिकृत भेषराज शर्मा,जिल्ला खेलकुद समितिका अध्यक्ष धनबहादुर परियार लगाएतले अध्यक्ष पौडेललको सफल कार्यकालको शुभकामना व्यक्त गरेका थिए । बागलुङमा राष्ट्रिय युवा परिषद अन्र्तगत जिल्ला युवा समिति २०७३ माघ १ गते स्थापना भएको थियो ।

बागलुङमा एक बर्ष अगाडि स्थापना भएको समितिले अहिले आएर अध्यक्ष पाएको छ । जिल्लामा गत बर्ष युवा उद्यम कार्यक्रम गरिएको थियो । समिति मार्फत जिल्लाका जैदी,भकुन्डे,रनसिङकिटेनी र बडीगाढ गरि ४ स्थानमा युवा उद्यम समिति गठन गरि बिभिन्न कृषि र पशुपालन व्यवसाय संचालनमा सहयोग गर्दै आएको छ । यस बर्षपनि जिल्लाका दुई वटा निर्वाचन क्षेत्रमा पा“च,पा“च लाख रुपैया“ बराबरका कार्यक्रम,३० हजार बरावरको उद्यमी कार्यक्रम लगाएका कार्य संचालन गरिन लागेको कार्यालय प्रमुख कुश्मराज उपाध्यायले बताए । पदभार ग्रहण कार्यक्रम अध्यक्ष पौडेललको अध्यक्षता र कार्यालय प्रमुख उपाध्यायको संचालनमा सम्पन्न भएको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published.