बुटवलबाट बुर्तिबाङ आउँदै गरेको जिप दुर्घटना, निसीका ३ जना सहित ४ जना घाईते !

बिमल खड्का बुर्तिवाङ २०७४ पुस २० । बुटवलबाट बिहान बागलुङको बुर्तिबाङका लागि छुटेको जिप पाल्पामा दुर्घटनामा परेको छ।
बिहान बुटवलबाट बुर्तिबाङका लागि छुटेको लु १ ज १८५८ नम्बरको जीप रिप्दीकोट गाउँपालिका २ जोर्तेमा दुर्घटनामा परेको हो ।

दुर्घटनामा परी बागलुङ निसीखोला गाउपालिकाका एकै परिवारका ३ जना ५० वर्षिय पुरन पुन, २१ वर्षिय लक्ष्मी मगर, ४ वर्षिय बसन्त पुन र रुपन्देही हरेवाका जीप चालक पुनिक बहादुर पुन घाईते भएको प्रहरीले जनाएको छ ।

जीप जोर्ते ओरालोमा विश्वकर्मा बाबाको मन्दिर नजिक करिब एक सय मिटर तल भिरमा खसेको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *