राजकुतमा मृत अवस्थामा चितुवा भेट्टियो, पोष्टमार्टमका लागी वनका कर्मचारी आउँदै

झरना कंडेल, बुर्तिवाङ २०७४ पुस २० । निसीखोला गाउपालिका ७ साविक राजकुत गाविसमा आज विहान एक चितुवा मृत अवस्थामा भेटिएको छ । राजकुतको कुतनेटा देखी केहि पर धारापानी भन्ने ठाउँको पाटा (बारी)मा आज विहान साढे ९ बजे स्थानीयले देखेपछी प्रहरीलाई खबर गरेका थिए । ईलाका प्रहरी कार्यालय बुर्तिवाङबाट गएको टोलीले मृत चितुवालाई बुर्तिवाङ ल्याएको छ ।

मृत चितुवाको खुट्टा सुनिएको र शरीरको अन्य भागमा कुनै चोटपटक नदेखिएको प्रत्यक्षदर्शीले बताएका छन् । चितुवा बुढो भएको कारण मरेको हुनसक्ने स्थानीयको आशंका छ । चितुवाको शरीरबाट दुर्गन्ध आउन थालेकोले दुईतिन दिन पहिले नै मरेको आशंका गरिएको छ ।

मृत्युको कारण पोष्टमार्टम पछी थाहा लाग्ने प्रहरीले बताएको छ । पोष्टमार्टमका लागि जिल्ला वन कार्यालय बागलुङबा टोली बुर्तिवाङ आउदै गरेको प्रहरीले जानकारी दिएको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *