उता श्रीमान रोजगारीका लागि कतार, यता श्रीमतीलाई बालबच्चा छोडेर भाग्ने हतार !!

कुम्बिर बिश्वकर्मा , बुर्तिबाङ २०७४ पुस २० । बैदेशिक रोजगारीले गर्दा धेरैको घरबार विग्रिएको छ । श्रीमान विदेशमा रोजगारी गरेर बस्ने यता घरमा श्रीमती अर्कैसंग भाग्ने गर्दा एकातिर बालबच्चाको बिचल्ली अर्कोतिर घरबार विग्रिने रोग निसीखोलामा बढेको छ ।

निसीखोला गाउँ पालिका वडा नम्बर- ५ भुर्बाङ बस्ने ३० बर्ष उमेरका देबकुमार बिश्वकर्माकी २७ वषिया श्रीमती हर्कमला बिश्वकर्मा दुई हप्ता अघि घर छोडेर भागेको उनका श्रीमानले बताएका छन। श्रीमान धन कमाउन खाडी मुलुक कतार गएको दुई बर्ष भएको छ ।

सो परिवारका तीन वटा छोराछोरी छन । जेठी छोरी १२ बर्ष, जेठा छोरा ९ बर्ष र कान्छा छोरा ६ बर्षका नाबालिकाहरु छोडेर गएकी हर्कमला बिश्वकर्मा कहाँ गएको हो अझै पत्तो नभएको परिवारले बताएका छन।

उनी करिब ४ महिना देखि घर छोडेर माइत बसेकी थिइन । अहिले उनी माइत देखि नै भागेर गएको बतार्इएको छ। परिवारको आशाङ्का भने कसैको लयलयमा कामको खोजीमा रोल्पा तिर गएको हुन सक्ने आशंका देखाएका छन्, तर उनका श्रीमानले भने ू चार महिना अघि बाट रोल्पाको केटा सङ्ग फोन गर्छन भन्ने घर बाट खबर आएको थियो त्यही केटा सङ्ग गएको हुन सक्ने बताएका छन।

केटीको माइत घर निसीखोला गाउपालिका वडा नम्बर ५ चेलबाङ रहेको र उनको बुवाको नाम बल बहादुर बिश्वकर्मा र आमाको नाम दबली बिश्वकर्मा रहेको बताइएको छ।

अहिले ती बालबालिकाहरु घरको हजुरआमा ,हजुर बुवा सङ्ग रहेका छन । उनका श्रीमान भने छुट्टी नपाएर अझै खाडी मुलुक कतारमै रहेको परिवारले जानकारी दिएका छन्।

यदि उनका बारेमा कुनै जानकारी थाहा पाएमा उनका परिवारको मोबाईल नम्बर ९८०५१५२८८८ मा सम्पर्क गरिदिन समेत देबकुमार विश्वकर्माले अनुरोध गरेका छन।

योपनि पढौं
निसी रुपकी चार सन्तानकी आमा दुईहप्ता देखी सम्पर्कविहीन !

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *