बिबाह भोजमा सामान्य विवाद चल्दा माओवादी नेता माथी ढुङ्गा प्रहार !

बिमल खड्का बागलुङ २०७४ पुस १९ । मंगलबार आफ्नतकोमा भोज खान गएका बेला सामान्य राजनीतिक विवाद हुँदा काँग्रेस कार्यकर्ताले प्रहार गरेको ढुङ्गाले लागेर माओवादी केन्द्रका नेता घाईते भएका छन् ।

बागलुङ जिल्लाको पश्चिम निसीखोला गाउँपालिका वडा ६ भल्कोटका ३९ वर्षीय लालकुमार बुढाले हानेको ढुङ्गाले लाग्दा सोही ठाउँका २६ वर्षीय कुशल बुढा मगर गम्भीर घाईते भएका हुन् ।

निसी भल्कोटकै रिनुबाङमा विहेभोजमा गएका उनीहरुबीच भनाभनपछि मंगलबार राति १० बजे ढुङ्गा प्रहार भएको निसी प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक राजेन्द्र भुजेलले जानकारी दिए ।

भुजेलले भने, पीडित बुढाले बिहान आएर उजुरी दिएर जानुभएको छ त्यस लगत्तै मैले मान्छे लिन पठाएको छु ।अहिले घाइते बुढा उपचारका लागि बुर्तिबाङ जानुभएको छ । उहाँ फर्किएपछी थप खुल्ने उनले बताए ।

बुढाको निधार र दाहिने हातमा गम्भीर चोट लागेको छ स्थानीय मेडिकलमा उपचार पछि थप उपचारका लागि बुर्तिबाङ ल्याउदै गरेको श्रोतले बतायो ।

सामान्य राजनीतिक विषयमा कुराकानी भईरहेको अवस्थामा रक्सीले मातेर आएका लालकुमारले एक्कासी ढुङ्गा हानेको स्थानीय बेलबहादुर बुढाले बताए ।

कुशल नेकपा माओवादी केन्द्रका केन्द्रीय आयोजक समिति सदस्य हुन ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *