असफलताबाट मुक्त भै सफलता पाउनको लागि प्रशिक्षणको आयोजना – प्रशिक्षक सिग्देल

सफल नेतृत्व एवं खुशीयाली जीवनका रहस्यहरु बिषयक प्रशिक्षण कार्यक्रम सम्पन्न !

ब्रह्माकुमारी स्मृती, बागलुङ २०७४ पुस १९ । ब्रह्माकुमारी ईश्वरीय विश्व विद्यालय बागलुङको सभा कक्षमा सफल नेतृत्व एवं खुशीयाली जीवनका रहस्यहरु बिषयक प्रशिक्षण सम्पन्न भएको छ । ब्रह्माकुमारी ईश्वरीय विश्व विद्यालय बागलुङमा उक्त तालिमको आयोजना गरिएको हो ।

विश्वव्यापी रुपमा बढ्दै गएको तनावबाट मुक्त भएर खुशीयाली जीपनयापन गर्ने उद्देश्यले उक्त प्रशिक्षण कार्यक्रमको आयोजना गरिएको हो ।

कार्यक्रममा वरिष्ठ राजयोग प्रशिक्षक ब्रह्माकुमार विजयराज सिग्देलले मानिसको जीवनमा आईपर्ने अनेक प्रकारका असफलताबाट मुक्ति भइ सफलता पाउनको लागि यो प्रशिक्षण आयोजना गरिएको बताए ।

कार्यक्रममा २३ नं बाहिनी अड्डाका बाहिनीपति कृष्णमुरारी न्यौपाने , स्थानीय विकास अधिकारी राम प्रसाद आचार्य , जिल्ला शिक्षा अधिकारी गुरुप्रसाद पौडेल, नगरपालिका अधिकृत नारायण प्रसाद सापकोटा, २ नं वडा अध्यक्ष जीवन आचार्य ब्रह्माकुमारी इश्वरीय विश्व विद्यालय एवम् राजयोग प्रशिक्षण केन्द्र क्षेत्रिय प्रमुख राजयोगिनी सावित्री दिदी, वरिष्ठ राजयोग प्रशिक्षक राजयोगी बिजय राज सिग्देल, संस्थाका महासचिव राजयागी ब्रह्माकुमार शैलेश राज बराल लगायत ११० जनाको सहभागिता रहेको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *