जनसञ्चार सहकारी द्वारा नयाँ सेयर सदस्यलाई सम्मान,संस्थामा २३ लाख बढी सेयर रकम बृद्धि !

प्रशान्त घर्तिमगर, बुर्तिबाङ २०७४ पुस १८ । ढोरपाटन नगरपालिका—१, बुर्तिबाङमा रहेको जनसञ्चार सहकारी संस्था लिमिटेड र सहकारीद्वारा सञ्चालित सामुदायिक रेडियो परिवर्तनले आज संस्थामा आवद्ध नयाँ सेयर सदस्यहरुलाई सम्मान गरेको छ । सहकारी संस्थाद्वारा सञ्चालित सेयर बृद्धि अभियानबाट संस्थामा आवद्ध भएका १८ जना नयाँ सेयर सदस्यहरुलाई एक कार्यक्रमको आयोजना गरि अविर र खादा लगाएर सम्मान गरिएको हो ।

सम्मानित हुने नयाँ सेयर सदस्यहरुमा बिनोद भण्डारी २ लाख, तेजेन्द्र केसी २ लाख, बिष्णु पन्त २ लाख, ढोलेन्द्र कार्की २ लाख, हेमेन्द्र घर्ति २ लाख, जीतकुमारी माझी २ लाख, निमलाल पाण्डे २ लाख, भीम मण्डारी २ लाख हुनुहुन्छ । त्यस्तै, डोरलाल सुवेदी १ लाख, रामलाल पाण्डे १ लाख, रामप्रसाद नेपाल १ लाख, कृष्ण केसी १ लाख, कोपिला थापा १ लाख, रेशम भण्डारी १ लाख, गफ्फार अली ५० हजार, सीता कुँवर २५ हजार, रेशमलाल भट्राई २५ हजार र किसान शाही २५ हजार रहेका छन् ।

कार्यक्रममा बोल्दै सहकारीका अध्यक्ष निमलाल पाण्डेले सहकारीमा आवद्ध हुने सवै सेयर सदस्यहरुलाई धन्यवाद दिँदै यस क्षेत्रकै नमुना सहकारी बनाउन सवैजना हातेमालो गरेर अघि बढ्नुपर्ने धारणा राखे । उनले अभियानबाट २३ लाख २५ हजार रुपैँया सेयर रकम संकलन भएको र यो अभियानलाई पौष मसान्तसम्म तिव्र पारिने र आवद्ध हुने नयाँ सेयर सदस्यहरुलाई सम्मान गर्दै जाने बताए ।

सम्मान कार्यक्रममा रेडियो परिवर्तनका प्रवन्ध निर्देशक लोकेन्द्र सुनार, सचिव सहविन अर्गेजा, सदस्य कृष्ण खनाल, सदस्य भीम भण्डारी र ऋण कमिटि सदस्य टीकालाल सुवेदी लगायतको आतिथ्यता रहेको थियो ।

कार्यक्रम अध्यक्ष पाण्डेको अध्यक्षता, उपाध्यक्ष टीकाबहादुर पुनको स्वागत मन्तव्य र स्टेशन म्यानेजर राम सुवेदीको सञ्चालनमा सम्पन्न भएको थियो ।

वि.स. २०६८ सालमा स्थापना भएको सहकारीले सामुदायिक रेडियो परिवर्नतलाई सञ्चालन गरिरहेको छ । पश्चिम बागलुङका स्थानीयहरुलाई सुसुचित गराउँदै जनताको ढुकढुकी बन्न सफल भएको यस रेडियोले समय समयमा राष्ट्रिय तथा क्षत्रीय स्तरका सम्मान र पुरस्कार समेत प्राप्त गरेको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published.