पशुपति आधारभुत विद्यालमा पशुपति आवाज नामक साप्ताहिक भित्ते पत्रिका प्रकाशन

सुमन सुनार, बुर्तिबाङ २०७४ पुस १८ । निसीखोला गाउँपालिका—३, धाराखर्कमा रहेको पशुपति आधारभुत विद्यालयमा आज पशुपति आवाज नामक साप्ताहिक भित्ते पत्रिकाको प्रकाशन गरिएको छ ।

प्रकाशित भित्ते पत्रिकामा उक्त विद्यालयमा अध्ययनरत सात जना विद्यार्थीहरुको लेख तथा रचनालाई समेटिएको विद्यालयका प्रध्यानाध्यापक खड्कलाल सुनारले बताए । पत्रिकामा संघीय संरचना अनुसार भौगोलिक रुपमा विभाजन गरिएको नेपालको नक्सा, नामांकरण सहितको मानव मुटुको चित्र, सन्देशमुलक गजल, गीत र अमेरिकाका १६ औँ राष्ट्रपति अब्राहम लिङ्कनले आफ्नो छोरो अध्ययन गर्ने विद्यालयको प्रिन्सिपललाई लेखेको चिठीलाई समेटिएको छ ।

प्रत्येक हप्ता नयाँ भित्ते पत्रिकाको प्रकाशन गरिने र प्रत्येक अंकमा सात जना नयाँ विद्यार्थीहरुको सिर्जना र क्षमतालाई स्थान दिइने विद्यालयका शिक्षक राजेश सुनारले जानाकारी दिुए । आज प्रकाशन भएको भित्ते पत्रिकामा यमुना रोका, राजकुमार सुनार, चिन्तामणी घर्ति, जीवन मल्ल, ताराका सिरपाली, कविता घर्ति र सविना रोकाको सिर्जनालाई अ समेटिएको उनले बताए ।

किताबी ज्ञानसँगै विद्यार्थीहरुमा भएको आन्तरिक क्षमतालाई प्रस्फुटन गर्नको लागि भित्ते पत्रिकाको थालनी गरिएको प्रध्यानाध्यापक सुनारले बताए । पत्रिकामा विद्यार्थीहरुका चित्र, गीत, गजल, मुक्तक, कविता, चुड्किला, सामान्य ज्ञान र स्थानीय समाचारहरुलाई स्थान दिइने छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published.