एमालेले, सबै हामी लिन्छौ, तपाई आउनुस भने पार्टी एकता हुँदैन – पौडेल

बागलुङ २०७४ पुस । बागलुङ जिल्लाको क्षेत्र नं २ बाट प्रतिनिधी सभा सदस्य एवं नेकपा माओवादी केन्द्रका नेता देवेन्द्र पौडेलले एमालेले सबै हामी लिन्छौ तपाई आउनुस भनेमा दुई पार्टीबीच एकता नहुने बताएका छन् ।

राजधानीमा मंगलबार आयोजित एक साक्षात्कार कार्यक्रममा बोल्दै पौडेलले यस्तो बताएका हुन् ।

माओवादी केन्द्रका नेता पौडेलले अध्यक्ष प्रचण्डलाई प्रधानमन्त्री वा पार्टी अध्यक्षमध्ये एक पद नदिए एमालेसँग पार्टी एकता नहुने बताए ।

‘राष्ट्रपति, प्रधानमन्त्री, सभामुख पार्टी अध्यक्ष लगायत सबै पद एमालेले नै राख्ने हो भने त्यस्को के अर्थ हुन्छ ? भन्ने प्रश्न गर्दै पौडेलले भने, त्यो भन्नु एमालेमा माओवादी केन्द्र विलय हुनु हो । उनले भने एमाले अध्यक्ष केपी ओलीले सरकार र पार्टीमध्ये एउटा जिम्मेवारी लिनुपर्छ, छोडेको प्रचण्डले जिम्मा लिनुहुन्छ ।’

माओवादी र एमालेबीचमा भएको सम्झौताको आधारमा अघि नबढे मुलुकको समृद्धि सम्भव नरहेको पौडेलले स्पष्ट पारे ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *