राप्रपा क्षेत्र नं. २ को अधिवेशन सम्पन्न, अध्यक्षमा सापकोटा चयन !

बागलुङ २०७३ माघ २१ । राष्ट्यि प्रजातन्त्र पार्टी, बागलङ क्षेत्र नं. २ को क्षेत्रिय अधिवेशनबाट लक्ष्मी प्रसाद सापकोटा निर्विरोध अध्यक्ष भएका छन् । समितिको उपाध्यक्ष व्दयमा बालिका भण्डारी र गोविन्द प्रसाद पौडेल, पूर्णेन्द्र सापकोटा सचिव, प्रकाश सुवेदी सह सचिव तथा गोमादेवी शर्मा कोषाध्यक्षमा चयन भएका छन् ।

यसै गरी सदस्यहरुमा बिष्णुप्रसाद सापकोटा, नारायण प्रसाद शर्मा, गंगा सुवेदी, निर्मला बानिया, कूल प्रसाद सिग्देल, सूर्य चन्द्र कडेल, नर बहादुर के.सी, तेजीन्द्र सापकोटा, पुष्पाकुमारी क्षेत्रि, डम्मल बहादुर नेपाली, कमानसि दमाई, जुन बहादुर छन्ट्याल, मेघ बहादुर शर्मा, ललित बहादुर के.सी र मेघ बहादुर के.सी चयन गरिएको केन्द्रिय सदस्य तिलकबहादुर रिजालले जानकारी दिए । देशभर आज गरिने पार्टीको क्षेत्रिय अधिवेशन बागलुङको २ नं क्षेत्रमा हिँजै भएको हो ।

यसैवीच, बागलुङ क्षेत्र नं १ र ३ को क्षेत्रीय अधिवेशन आज शुक्रवार हुँदै छ । अधिवेशनले अध्यक्ष, २ उपाध्यक्ष, १ सचिव, २ सहसचिव र १ कोषाध्यक्ष सहित २१ सदस्यीय नयाँ कार्यसमिति चयन गर्ने छ । अधिवेशनमा गाविसबाट छनोट भएका ७० जना भन्दा बढि प्रतिनिधि सहभागी हुने छन् । यस अघि राप्रपाले गाविस स्तरमा भेला गरि कार्यसमिति गठन गरिसकेको केन्द्रिय सदस्य दिपक कुँवरले बताएका छन् ।

राप्रपाको जिल्ला अधिवेशन माघ २५ गते बागलुङ बजारमा हुँदैछ । राष्ट्रिय अधिवेशन भने फागुन ६ गतेदेखि ९ गतेसम्म हुँने तय भएको छ ।

यसैवीच राप्रपा म्याग्दीले बिहीबार बेनीमा आयोजना गरेको कार्यक्रममा बोल्दै राप्रपाका केन्द्रिय सदस्यहरु भीमप्रसाद गौचन, दिलविकास राजभण्डारीले राजनितिक स्थिरता, देशको विकास र संबिधानको कार्यान्वयनका लागि निर्वाचनको मिति तोक्नु जरुरी भएको बताएका छन् ।

सो कार्यक्रममा केन्द्रिय सदस्य देवी कडेल, सल्लाहकार गोविन्द बोगटी, बेलायत प्रतिनिधि शिव कडेल र हालै केन्द्रिय सदस्यमा मनोनित भएका जिल्ला अध्यक्ष एकेन्द्रबहादुर रावललाई सम्मान गरिएको थियो ।

राप्रपा म्याग्दीका अध्यक्ष रावलको अध्यक्षता, उपाध्यक्ष जगतनारायण गौचनको स्वागत र प्रवत्ता हरिप्रसाद शर्माको सञ्चालनमा सम्पन्न कार्यक्रममा यही माघ २५ गते बेनीमा हुने जिल्ला अधिवेशन, केन्द्रिय महाधिवेशन र स्थानीय तहको निर्वाचनको विषयमा समेत छलफल भएको राप्रपा म्याग्दीका उपाध्यक्ष वीरबहादुर थापा क्षेत्रीले बताए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published.