पाण्डबखानीमा स्वास्थ्य चाैकी व्यवस्थापन समिति पुनर्गठन

सुरेश छन्त्याल, बागलुङ २०७४ पुस १८ । गलकोट नगरपालिका १० पाण्डबखानीमा स्वास्थ्य चौकीको नयाँ व्यवस्थापन समिति चयन भएको छ।स्वास्थ्य चौकीका व्यवस्थापन समितिका अध्यक्ष धनबहादुर सुनारको अध्यक्षतामा बसेको भेलाले नयाँ व्यवस्थापन समिति बनाएको छ।जसको अध्यक्षमा तिलक घर्ती,उपाध्यक्ष पृर्थ श्रीस,सदस्यमा चन्द्राकुमारी श्रीस,मिना काउचा,मानसिह छन्त्याल,अनिता कार्की लगाएत रहेका छन्।

कार्यक्रममा बोल्दै पुर्व अध्यक्ष समेत रहेका धनबहादुर सुनारले सबै भन्दा स्वास्थ्य राम्रो र ठिक भएमा सबै काम गर्न सकिने भन्दै जग्गा दाता बरिस्ठ समाजसेवी मानसिह छन्त्याललाई धन्यवाद दिदै नयाँ समितिलाई कार्यकाल सफलताको शुभकामना व्यक्त गरेका थिए ।
भेलामा समाजसेवी बुद्धिजीवी शिक्षक पत्रकार लगाएतको सहभागीतामा अनमि अनिता कार्कीको संञ्चालनमा सम्पन्न भएको थियो ।

यसैवीच राति चलेको हावाहुरीले पाण्डबखानीको विभिन्न स्थानमा रहेको विजुलीका पोल ढलेका छन्भ ने बारीमा लगाइएको तरकारी तथा फलफूलमा समेत हावाहुरीले नोक्सान गरेको छ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published.