मदिराकै कारण अपराधिक घटना हुने हुनाले मदिरा सेवनलाई न्यूनिकरण गर्नु जरुरी- प्रउ रेग्मी

शेखर थापा, बरेङ २०७४ पुस १७ । जिल्ला प्रहरी कार्यलय बागलुङका प्रमुख प्रहरी उपरीक्षक दिपक रेग्मीले मदिराकै कारण अपराधिक घटना हुने हुनाले मदिरा सेवनलाई न्यूनिकरण गर्नु जरुरी रहेको बताउदै मदिरा नियन्त्रणमा जोड दिएका छन् ।

जिल्लाका प्रहरी इकाइहरुको अनुगमनका क्रममा प्रउ रेग्मीले सोमबार बरेङ बजार स्थित ईलाका प्रहरी कार्यलय परिसरमा आयोजित अन्तरक्रिया कार्यक्रममा मदिरा सेवन आफैमा अपराध नभएको तर मदिरा सेवनकै कारण करिब ७० प्रतिशत आपराधिक घटनाहरु घट्ने गरेको बताए । अन्तरक्रियामा सबारी व्यवस्थापन, बाल बिबाह, नब निर्मित प्रहरी भवन लगायतका बिषयमा छलफल गरिएको थियो ।

एक फरक प्रसङ्गमा प्रउ रेग्मीले प्रहरी संगठनको उद्देश्य सदैब सहि हुने भएकाले एकाध प्रहरीमा देखिने गलत आचरणलाई सुधार गर्नुपर्ने र सुधारका लागि प्रहरी सङगठनलाई औल्याउन सर्बसाधारणहरुलाई सुझाएका थिए ।

कार्यक्रममा प्रहरी निरीक्षक धर्म बहादुर अधिकारी, बरेङ गाउपालिकाका अध्यक्ष कृष्ण प्रसाद शर्मा, उपाध्यक्ष डिल कुमारी पुन लगायतले मन्तव्य व्यक्त गरेका थिए ।

अन्तक्र्रिया कार्यक्रममा स्थानिय जन प्रतिनिधि, प्रहरी, पत्रकार र सर्बसाधारण गरि करिब ४० जनाको सहभागिता रहेको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published.