कालीगण्डकी करिडोरको पर्वत खण्डमा ३ वटा मोटरेवल पुल निर्माण गरिने !

माधब पराजुली, पर्वत २०७४ पुस १७ । राष्ट्रिय गौरवको आयोजना उत्तर दक्षीण जोड्ने कालीगण्डकी करिडोरको पर्वत खण्डमा ३ वटा मोटरेवल पुल निर्माण हुने भएको छ ।

करिडोरमा पर्ने पर्वतको कुस्मा र फलेवास नगरपालिकाको बिचमा पर्ने मोदीखोला पुल, फलेवास र कुर्घाको बीचमा पर्ने लमाया खोलाको पुल, सेतीवेणीको सेतीखोलामा सेतीखोला मोटरेवल पुल निर्माणको कार्य अगाडी बढाईएको छ ।

मोदीखोला मोटरेबल पुलको निर्माण कार्य मुक्तिनाथ कन्स्ट्रक्सन र ओम गौचन मार्फत् अगाडि बढाइएको छ भने लमाय खोलाको मोटरेबल पुलको नयाँ वाटो गौचन जे.भि.ले जिम्मा लिएको छ । त्यस्तै सेतीखोला मोटरेवल निर्माणको जिम्मा सो एन.विर्लस कम्पनीले लिएको बताइएको छ ।

मोदीखोलामा ९ करोड १४ लाख को लागतमा ६० मिटर लम्बाईको आधुनिक मोटरेवल पुल निर्माण हुने भएको हो भने लमाए खोलामा ५ करोड ६४ लाख ५१ हजारको लागतमा २५ मिटर लम्बाईको मोटरेवल पुल निर्माण हुन लागेको कालिगण्डकी करिडोर योजना प्रमुख नारायणदत्त भण्डारीले जानकारी दिए । उनका अनुसार सोतीखोलामा भने ५ करोड ८६ लाख को लागतमा २५ मिटर लम्बाईको मोटरेवल पुल निर्माण हुने छ । कालीगण्डकी करिडोर परियोजना को बजेट बाट निर्माण हुन लागेका ३ वटै मोटरेवल पुल अर्को आर्थिक बर्ष भित्रमा निर्माण गरिसक्ने लक्ष्य रहेको छ ।


कालीगण्डकी करिडोर अन्तर्गत पर्वतको सदरमुकाम कुस्मादेखि स्याङजाको मिर्मी सम्मको करिब ६८ किलोमिटर सडक खण्डमा ट्याक खुलाउने तथा स्तरवृद्धिको काम भइरहेको छ । उक्त करिडोर दक्षिणमा रहेको पूर्वपश्चिम राजमार्गबाट प्रारम्भ भई तीन अञ्चल नौ जिल्ला हुँदै उत्तरी छिमेकी राष्ट्र चीनको कोरला नाकासम्म जोडिएकाले यस क्षेत्रको विकासका लागि मेरुदण्डका रुपमा लिइएको छ । कालीगण्डकी करिडोरको बागलुङ खण्ड भन्दा पर्वत खण्डको यात्रा करिब १२ कि.मी.छोटो हुने बताइएको छ ।

निमार्ण हुन लागेका पुलको शिलान्यास प्रदेश सांसद एवं संबिधान सभाका पुर्व सदस्य विकास लम्सालले सोमबार गरेका हुन् । पुलको शिलान्यास गर्दै सांसद लम्सालले सडक निर्माणको क्रममा नदी तथा खोलाहरुमा पुल निर्माण अपरिहार्य रहेकाले पुलहरुको निर्माण बिना सडक निर्माणले पूर्णता पाउन नसक्ने हुँदा सडकको निर्माणको काम र मोटरेवल पुल निर्माणको कार्यलाई एकै साथ अगाडी बढाएको बताए ।

लम्सालले करिडोरले राष्ट्रिय एकीकरण आर्थिक सामाजिक विकास र प्रादेशिक सन्तुलनमा योगदान पुग्ने बताउदै उक्त करिडोरलाई नेपालकै लाईफ लाईनको रुपमा विकास गर्नुपर्नेमा जोड दिए । उनले स्याङ्जा र पर्वत जिल्लाका स्थानीय बासिन्दालाई सडक सञ्जालले जोडेपछि उनीहरूको दैनिकी फेरिने बताए । उनले उक्त करिडोर सञ्चालनमा आए पश्चात स्थानीय स्तरमा उत्पादित बस्तुहरुलाई छिमेकी देश भारत र चीनमा निर्यात गर्न समेत सहज हुने बताए । लम्सालले धौलागिरि, लुम्बिनी, गण्डकी अञ्चलका पर्यटकीय स्थलका साथै पर्वतको शिला शालिग्राम,अल्पेश्वर गुफा,मल्लाज र पैँयू दरबार क्षेत्रमा समेत यो राजमार्गबाट फाइदा पुग्ने बताए ।

लोकमार्गले चिनियाँहरू लाई गौतम बुद्धको जन्मस्थलो लुम्बिनी र भारतीयहरूलाई मुक्तिनाथ धाम सम्मको यात्रा सहज र छोटो बनाउने हुदाँ बिदेशी पर्यटकहरुले उक्त सडक प्रयोग गर्दा स्थानीएहरु लाई ठुलो फाईदा पुग्ने बताए । करिडोर निर्माणपश्चात् यस क्षेत्रको गरिबी निवारणमा ठूलो सहयोग पुग्ने लम्सालको भनाई थीयो । यस आर्थीक बर्ष फलेबासदेखि आँधी मुहानसम्म वर्षायाममा पनि सीधा यातयात सञ्चालन गर्ने तयारीका साथ काम अगाडि बढाउन सम्भव भएका सबै प्रयास गरिएको बताए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published.