घुम्टे युवा परिवार गल्कोटको अध्यक्षमा पत्रकार थम्मन थापा सन्देश चयन

गुमानसिँह भण्डारी, गल्कोट २०७४ पुस १७ । घुम्टे युवा परिवार गलकोट नगरपालिका वाड नम्बर ७ को १५ औ अधिबेशन नयाँ नेतृत्व चयन गर्दै आज सम्पन्न भएको छ ।

अधिबेसनको उदघाटन गर्दै गलकोट नगरपालिका वाड नम्बर ७ का अध्यक्ष सुवेदार टिका बहादुर थापाले युवाहरुले समाज रुपान्तरणका लागी महत्वपुर्ण योगदान गर्ने भएको हुदाँ यस सस्थाले बिगतमा गरेका सकरात्मक कार्यहरुलाई निरन्तरता दिर्दै समय सान्दर्भिक कार्यक्रमका साथ अगाडि बढ्न आग्ह गरे ।

अधिबेसनमा सस्थापक सदस्य राज थापा, भुपु अध्यक्ष दल बहादुर थापाले शुभकामना मन्तब्य व्यक्त गरेका थिए ।

अधिबेसनमा अध्यक्ष भिम केसीले प्रगति प्रतिबेदन, कोषाध्यक्ष सन्त बहादुर भण्डारीले आर्थिक प्रतिबेदन प्रस्तुत गरेका थिए ।

अधिबेसनले थम्मन थापा सन्देशको अध्यक्षतामा १५ सदस्यीय कार्य समिति गठन गरेको छ । समितिको उपाध्यक्ष जिवन साहनी, नारायण थापा, कृष्ण थापा, सचिवमा साबित्रा थापा, सहसचिवमा प्रकाश थापा र कोषाध्यक्षमा सन्त बहादुर भण्डारी रहनुभएको छ ।

यसैगरी ३ बैकल्पिक सदस्य र सुवेदार टिका बहादुर थापाको संयोकजत्वमा ११ सदस्यीय सल्लाकार समिति गठन गरेको क्लबले जनाएको छ । निर्वाचित कार्यसमितिलाई निर्वाचन समितिका सदस्य छुम बहादुर थापा, भुपु अध्यक्ष बिर बहादुुर चोखालले बधाई ज्ञापन गरेका थिए ।

कार्यक्रम सस्थाका अध्यक्ष भिम केसीको अध्यक्षता, उपाध्यक्ष ललित मरासिनिको स्वागत मन्तब्य र थम्मन थापा सन्देशको सञ्चालनमा सम्पन्न भएको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *