महासंघको चुनावमा प्रेस युनियनले निश्चित नीति र दायरा बनाउनु जरुरी- सिग्देल

हरि शर्मा बागलुङ, २०७३ माघ २० । नेपाल प्रेस युनियनका केन्द्रिय सभापति बद्रि सिग्देलले नेपाल पत्रकार महासंघ बागलुङ शाखाको चुनावको मिति नजिकिदैँ जादा महासंघका सदस्य पत्रकारहरु अनुशासित र मर्यादित बन्नुपर्ने बताएका छन ।

प्रेस युनियन बागलुङ शाखाले आयोजना गरेको अन्र्तक्रिया कार्यक्रममा बागलुङ शाखाको फागुन ३ गते हुन लागेको चुनावमा नेतृत्व गर्ने उम्मेद्वारहरु पनि जिम्मेवार बन्नुपर्ने बताए ।

आगामी महासंघको चुनावमा सवैको मन जितेर अगाडि बढ्नुपर्ने भन्दै उनले त्यस्का लागि प्रेस युनियनले निश्चित नीति र दायरा बनाएर अगाडि बढ्नुपर्ने सल्लाह दिए ।

सो अवसरमा जिल्लामा भएको समग्र पत्रकारिताका बारेमा प्रेस युनियन केन्द्रिय सदस्य एवं धवलागिरी संयोजक ज्ञानेन्द्र गौतमले जानकारी गराएका थिए ।
सो अवसमा नेपाल प्रेस युनियनका केन्द्रिय उपसभापति गगांधर पराजुलीले महासंघको अवको नेतृत्वका उम्मेद्वार नेतृत्व विश्वसनीय तवरले छनोट गर्नुपर्ने बताए ।

त्यस्तै नेपाल प्रेस युनियनका गण्डकी अञ्चल इन्चार्ज टंक अधिकारीले जग बलियो भयो भने मात्र घर बलियो हुने भएकाले अवको महासंघमा सक्षम नेतृत्वका लागि सवैको सहमतीबाट अगाडि बढ्नुपर्ने बताए ।

अन्र्तक्रिया प्रेस युनियन बागलुङका सभापति नरेश कँडेलको सभापतित्वमा सम्पन्न कार्यक्रमको स्वागत मन्तव्य उपसभापति प्रदिप पन्त र सञ्चालन सचिव संगम घर्ती मगरले गरेका थिए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published.