बिभिन्न प्रतियोगिता सहित बुर्तिवाङमा मनाईयो ‘तमु ल्होसार’ (तस्वीर)

झरना कँडेल, बुर्तिवाङ २०७४ पुस १५ । बुर्तिबाङमा तमु ल्होसार भब्यताका साथ मनाईएको छ । गुरुङ समुदायले नयाँ वर्षको रुपमा तमु ल्होसार विशेष रुपमा मनाएको हो । चयहाँस्थित सम्पुर्ण तमुहरु एकै ठाउँमा जम्ममा भई एक आपसमा शुभकामना आदन प्रदान गरेका छन् । चरा वर्गलाई विदाई गर्दै कुकुर वर्गको स्वागत गरेर भव्यताका साथ ल्होसार पर्व मनाईने परम्परा रहेको छ ।

सोही अबसरमा तमु समाज बुर्तिबाङले स्थानीय सिनेमा हलमा बिभिन्न प्रतियोगितात्मक कार्यक्रमको आयोजना गरेको थियो । कार्यक्रममा ११ जनाको बिचमा भएको म्युजिकल चियर तर्फ सन्तोष गुरुङ प्रभम तथा मन्सुन गुरुङ द्धितीय भएका छन् ।

त्यस्तै ५ समुहको सहभागीता रहेको पुरुष रस्सा कस्सा प्रतियोगितामा नारायण गुरुसमुह प्रथम पुनम गुरुङ द्धितीय तथा देबीराम गुरुङ तिर्तीय भएका छन् भने ३ टीमको सहभागीता रहेको महिला रस्साकस्सा प्रतियोगीतामा भीम कुमारी गुरुङको समुह प्रथम , मेनु गुरुङको समुह द्धितीय तथा नरकुमारी गुरुङको समुह तृतिय भएका छन् ।

उता एकल एकल नृत्य प्रतियोगितामा ५ टिमको सहभागिता रहेको थियो जसमा , सबैलाई सान्तवना प्रोत्साहन पुरस्कार बितरण गरिएको समाजका नर बहादुर गुरुङले बताए । प्रतियोगीतामा बिजयी सबै समुहलाई आजै पुरस्कार बितरण गरएको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *