राप्रपाबाट सहरी विकासमन्त्री बनेका दिलनाथ गिरी हटाईए

काठमाडौ २०७४ पुस १५ । राष्ट्रिय प्रजातन्त्र पार्टीले सहरी विकासमन्त्री दिलनाथ गिरीलाई मन्त्री परिषदबाट फिर्ता बोलाएको छ । पार्टी प्रबक्ता भुवन पाठकव्दारा हस्ताक्षरित एक बाक्यको विज्ञप्तीमा पार्टीको निर्णय अनुसार मन्त्री पदबाट फिर्ता बोलाईएको उल्लेख छ ।

समाचार अनुसार बिहीबारको मन्त्रिपरिषद् बैठकमा मन्त्री गिरीले सचिव परिवर्तनको प्रस्ताव पेश गरेपछि उपप्रधानमन्त्री समेत रहेका अध्यक्ष थापाले आपत्ति जनाएका थिए। थापाले पार्टी निर्णय विपरित मन्त्री गिरीले सचिव परिवर्तनको प्रस्ताव राखेको भन्दै तत्काल मन्त्रिपरिषद् बैठकमै राजीनामा दिन निर्देशन दिएका थिए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *