गल्कोट २०७४ पुस १४ । गल्कोटमा एनआरएन लगानि गर्न तयार भएको गैरआवासीय नेपाली संघका अध्यक्ष भवन भट्टले बताएका छन् । बागलुङ उद्योग बाणिज्य संघ गल्कोट ईकाईको आयोजनामा स्वागत तथा अन्तरक्रिया कार्यक्रममा बोल्दै भट्टले यस्तो बताएका हुन । उनले गलकोट आफैमा ठुलो मात्रामा रेमिट्यान्स भित्रिने क्षेत्र भएको उल्लेख गर्दै यसको सहि ठाउमा प्रयोग हुन नसकेको बताए ।
भट्टले गलकोटको समृद्धिका लागी गलकोट नगरपालिका, उद्योग बाणिज्य संघ सँग एनआरएन सहकार्य गरि लगानी गर्न तयार भएको बताए ।
कार्यक्रममा गलकोट माद्यमिक बिद्यालयका प्रध्यानाध्यापक देबेन्द्र बहादुर खत्रीले गलकोटबाट युवाहरु बिदेशिने क्रम तिब्र भएको भन्दै स्वदेशमै रोजगारीको सृजना गर्न एनआरएनले सकरात्मक भुमिका खेल्नुपर्ने बताउनुभयो । उद्योग बाणिज्य संद्य गलकोट सदस्य मञ्जु शर्मा चालिसेले गलकोटको समृद्धिका लागी लगानि मैत्री वातावरण सृजना भएको अवस्थामा एनआरएनले बस्तुगत अध्ययन गरि लगानी गनुपर्ने बताएकी थिईन् ।
कार्यक्रममा उद्योग बाणिज्य संद्य गलकोट ईकाइ र गलकोट उच्च माद्यामि बिद्यालयले एनआरएनका अध्यक्ष भवन भट्ट, सल्लाकार सुवास अधिकारी, एनआरएन जापानका बिदेश बिभाग प्रमुख बिरोध चालिसे लगायतलाई खाता र टिकाले सम्मान प्रदान सहित मायाको चिनो प्रदान गरिएको थियो ।
कार्यक्रम उद्योग बाणिज्य संघ गलकोट ईकाइका अध्यक्ष वीरेन्द्र श्रेष्ठको अध्यक्षता, उपाध्यक्ष ढालिन्द्रप्रसाद गौतमको स्वागत मन्तब्य र गलकोट एफ एमका स्टेशन प्रमुख घनश्याम गौतमको सञ्चालनमा सम्पन्न भएको थियो ।
यसैबिच गलकोट सुचना तथा सञ्चार सहकारी सस्था लिमिटेड, गलकोट एफ एम र गलकोट पत्र सात्ताहिकको सयुक्त अयोजनामा आयोजना गरिएको स्वागत कार्यक्रममा बोल्दै भट्टले अन्तराष्ट्रिय गलकोट समाजले गलकोटको समृद्धिको नेतृत्व गनुपर्ने एनआरएनका अध्यक्ष भवन भट्टले बताए ।
उनले अहिले अन्तराष्ट्रिय गलकोट समाजको रुपमा स्थापना कार्य सञ्चालन भईरहेको अवस्थामा सो समाजलाई एनआरएनको सहयोग हुने बताउदै लगानि प्रबद्धन गर्न आग्रह गरे । उनले गलकोट एफ एमलाई गलकोट नगरपालिकाको मुखपत्रको रुपमा सञ्चालन गर्न आग्रह गर्दै यसको ब्यवस्थापनको निर्मित स्थानिय निकाय, गैआवसिय नेपालि नागरिक र स्थानिय ब्यपारीको सहयोग अपरिहार्य हुने बताए ।
कार्यक्रममा सामुदायीक रेडियो गलकोटले अध्यक्ष भट्ट समक्ष रेडियोको भवन निर्माण, उपकरण ब्यवस्थापन र आर्थिक सहयोग सम्बन्धि ज्ञापन पत्र बुझाएको छ ।
कार्यक्रममा भट्टलाई खादा र अबिरले सम्मान प्रदान गरिएको थियो । कार्यक्रम गलकोट सुचना तथा सञ्चार सहकारी सस्था लिमिटेडका उपाध्यक्ष बीरेन्द्र श्रेष्ठको अध्यक्षता, सदस्य ढालिन्द्रप्रसाद गौतमको स्वागत मन्तब्य र गलकोट एफ एमका स्टेशन प्रमुख घनश्याम गौतमको सञ्चालनमा सम्पन्न भएको थियो ।