समृद्धिका लागि आयआर्जन र वचतमा जोड दिऔं : जि.सी.

म्याग्दी, २०७४ पुस ११ । राष्ट्रिय सहकारी बैंक लिमिटेडका सञ्चालक रामबहादुर जिसीले समाजमा शारिरीक तथा आर्थिक सामाजिक रुपमा पछि परेका जनताको समग्र उत्थानका लागि राज्यको भूमिका लोककल्याणकारी हुनु पर्नेमा जोड दिएका छन् ।

बौद्धिक अपाङ्गता अभिभावक संघ म्याग्दीको आयोजना तथा बेनी नगरपालिका वडा न. ६ को सहयोगमा बेनी नगरपालिका वडा नं. ६ डम्बरामा सञ्चालित ३ दिने जनचेतनामुलक तालिमको उदघटन पछि बोल्दै उहाँले यस्तो बताएका हुन ।

काम गर्न सक्नेहरुलाई उद्यम र रोजगारी सिर्जना गर्ने तथा काम गर्न नसक्ने अवस्थाका जनतालाई सहज रुपमा जीवन निर्वाहका लागि व्यवस्थापन गर्ने जिम्मेवारी राज्यको भएको भन्दै उहाँले लोककल्याणकारी राज्य निर्माणतर्फ अग्रसर हुनु पर्नेमा उनको जोड थियो ।

युवाहरुलाई विदेश पठाएर विप्रेषणको रकमबाट देशको विकास गर्ने बाटोमा राज्य सञ्चालकहरु गएको भन्दै जिसीले युवाहरुलाई रोजगारी र उद्यमशिलताको विकासमा जोड दिए ।

जनतासंग भएको श्रम, शिप र पूँजिलाई अधिकतम परिचालन गरी जनताको आयस्तर माथि उठाउनका लागि सहकारी र स्थानीय सरकारबीच समन्वय आवश्यक रहेको उनको भनाइ थियो ।

कार्यक्रममा बेनी नगरपालिका वडा नं. ६ का वडा अध्यक्ष कृष्ण बाँनियाले समाजमा रहेका बौद्धिक अपाङ्गता भएका लगायत विपन्न वर्गका जनताको आर्थिक सामाजिक रुपान्तरणका लागि सहकारी माध्यम उपयुक्त हुने धारणा राखेका थिए ।

उनले गाउँघरमा रहेका स्रोतहरुको पहिचान, उत्पादन, प्रशोधन र बजारीकरणका लागि स्थानीय संघ संस्थाहरु नगरपालिका र स्थानीय वासिन्दाबीच सहकार्य र समन्वय आवश्यक रहेको बताए ।

दलित, विपन्नता, द्वन्द्वपीडित बौद्धिक अपाङ्गता भएका व्यक्ति तथा तिनका अभिभावकहरुका लागि आयोजित जनचेतनामुलक तालिममा विपन्न वर्गका जनताको आयआर्जन, सहकारी मार्फत परिचालन, समाज रुपान्तरणमा सहकार्य लगायतका विषयमा सहजीकरण गरिने संघका अध्यक्ष यामबहादुर बाँनियाले जानकारी दिए ।

बेनी नगरपालिका वडा नं. ६ का दलित, विपन्नता, द्वन्द्वपीडित बौद्धिक अपाङ्गता भएका लगायत उद्यमशिल महिलाहरु गरी ६० जनाको सहभागिता रहेको तालिममा राष्ट्रिय सहकारी बैंकका सञ्चालक रामबहादुर जिसीले सहजीकरण गर्ने संघका अध्यक्ष बाँनियाले जानकारी दिए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *