भुसंरक्षण सम्बन्धि २ दिने तालिम हटियामा सम्पन्न

घनश्याम गौतम, गल्कोट २०७४ पुस ११ । जिल्ला भुसंरक्षण कार्यालय बागलुङको आयोजनामा २ दिने प्राकृतिक ब्यवस्थापन सम्बन्धि तालिम गलकोट नगरपालिकाको हटियामा आज सम्पन्न भएको हो ।
स्थानिय तहमा निर्वाचित जनप्रतिनिधिहरुलाई प्राकृतिक प्रकोप र त्यसको ब्यवस्थापन सम्बन्धि बिषयमा जानकारी दिने उदेश्यले आयोजित तालिममा गलकोट नगरपालिका वाड नम्बर ७, ८, ९ र ११ वाडका जनप्रतिनिधिहरु २७ वटा वाड सम्मन्वय समितिका प्रतिनिधि गरि ६३ जनाको सहभागीता रहेको थियो । तालिमको जिल्ला भु संरक्षण कार्यालय बागलुङका भुसंरक्षण अधिकृत शेर बहादुर श्रेष्ठ, साहायक अधिकृत सम्भु झाव, सव ईन्जिनिर शिवराम थापा, सुरेन्द्रराज भण्डारी लगायतले सहजिकरण गरेका थिए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *