गल्कोटमा क्रिसमस डे बिबिध कार्यक्रम गरि मनाइयो

घनश्याम गौतम, गल्कोट २०७४ पुस ११ । इसाई धर्मावलम्बीले सोमबार डिसेम्बर २५ का दिन क्रिसमस डे बिबिध कार्यक्रमका साथ मनाइएको छ । इसाई धर्मका संस्थापक येशु ख्रिष्टको जन्मोत्सवको अवसरमा डिसेम्बर २५ तारिखमा क्रिसमम डे मनाउने गरिएको हो ।

क्रिसमस ट्री लगायत का सजावटले बजार र ठूला व्यापारिक स्थल झिलिमिली बनाइएको छ । राष्ट्रिय ख्रिष्टियन महासङ्घका अध्यक्ष सिवी गहतराजका अनुसार नेपालमा ४०० वर्षअघिदेखि क्रिसमस मनाउन थालिएको हो ।

अहिले नेपालमा १२ हजार भन्दा धेरै चर्च र ३० लाखभन्दा बढी ख्रिष्टियन समुदाय रहेको राष्ट्रिय ख्रिष्टियन महासंघ, नेपालले जनाएको छ । क्रिसमस डे को अवसरमा सरकारले सोमबार सार्वजनिक बिदा दिएको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *