जापान नेपाली एकता समाज ओसाकाको क्षेत्रीय अध्यक्षमा कार्की !

तारा शर्मा बागलुङ २०७३ माघ २० । जापान नेपाली एकता समाज ओसाकाको क्षेत्रीय अध्यक्षमा बागलुङका कमलबहादुर कार्की चयन भएका छन् ।
जपान नेपाली एकता समाज जापानको संगठन बिस्तार अभियान अन्तरगत सम्पन्न भएको भेलाले कार्कीको अध्यक्षतामा १९ सदस्यीय क्षेत्रीय समिति गठन गरेको हो । समितिको उपाध्यक्षमा ज्ञानेश्वर पौडेल, सचिवमा मिलन शर्मा, सहसचिवमा मेघराज सापकोटा रिष्मेली र कोषाध्यक्षमा छन्द सापकोटा चयन भएका छन् ।

यस्तै टिका केसी, जनक क्षत्री, दिलु खत्री, नेत्र रेग्मी, राजन सापकोटा, पूर्ण निउरे, गोपालकिसन सापकोटा, दिपक केसी, शुक्र पुन, बिपिन सापकोटा, तेजबहादुर केसी, दुर्गेश कार्की , ओम पुन र डम्मर पुन सदस्यमा रहेका छन् ।

सल्लाहकारमा राजु केसी, भिम केसी र मनबहादुर सलामी रहनु भएको छ । भेलाको उद्घाटन गर्दै समाजका केन्द्रिय अध्यक्ष यमलाल सापकोटाले राष्ट्रिय जनमोर्चा निकट समाजले पार्टीको नीति तथा सिद्धान्तलाई आत्मसाथ गरेर अगाडि बढ्न आवश्यक रहेको बताए ।

भेला समितिका अध्यक्ष कमलबहादुर कार्कीको अध्यक्षता, मिलन शर्माको स्वागत र ज्ञानेश्वर पौडेलको संचालनमा सम्पन्न भएको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published.