प्रहरी उपरीक्षक रेग्मीलाई बुर्तिवाङमा स्वागत : प्रहरी, रुपा हत्याकाण्डका दोषी नजिक पुगेको दावी !

झरना कँडेल, बुर्तिवाङ २०७४ पुस १० । जिल्ला प्रहरी कार्यालय बागलुङमा हालै काजमा सरुवा भई आएका प्रहरी उपरीक्षक दिपक रेग्मीलाई आज ढोरपाटन नगरपालिकाले बुर्तिबाङमा स्वागत तथा सरोकारवालाबिच परिचयात्मक तथा अन्र्तक्रीयात्मक कार्यक्रम गरिएको छ ।

कार्यक्रममा वक्ताहरुबाट व्यक्त जिज्ञासाहरुको प्रत्युत्तर दिँदै प्रहरी उपरीक्षक रेग्मीले यदि प्रहरी संगठनबाट कुनै गलत कार्य भएको पाईएमा प्रहरी प्रशासनव्दारा कारर्वाही गरिने बताए ।

ट्राफिक नियमको प्रभाबकारीताका बिषयमा बोल्दै प्रउ रेग्मीले बागलुङ जिल्लामा ३० जना ट्राफिक प्रहरी हुनुपर्नेमा १५ जना मात्रै रहेकाले समस्या भएकोले समस्या भएको र यसको समाधानका लागी पहल गर्ने बताए ।

सो अवसरमा उनले हरेक परिवारले आफ्नो परिवारको सदस्यलई आफै सचेत बनाउन सक्यो भनेपनि , सवारी साधनबाट हुने दुर्घटना न्युनीकरण गर्न सकिने बताए ।

प्रउ रेग्मीले सवारी साधनमा राखिने अनावश्यक हर्न अर्थात साईलेन्सर झिकेर मोडीफाई गरेको पाईएमा रु ५ हजार सम्मको जरीवाना सहित अन्य कार्वाही हुने जानकारी दिएका थिए । े अब छिट्टै दुई पाङ्ग्रे सवारी साधनको लाईसेन्स बागलुङबाटै प्रदान गरिने बताए ।

प्रहरी उपरीक्षक रेग्मीले ,आवश्यक परेको खण्डमा प्रहरी दरबन्दी थप गर्ने तथा चेकपोष्ट राख्ने कुरामा आफुले पहल गर्ने स्पष्ट पार्दै समाजमा बिद्यमान रहेको मद्यपान सेवनका कारणे नै ७० प्रतिशत दुर्घटना हुने गरेको बताए ।

त्यस्तै यस क्षेत्रका महिलाहरुलाई भारतीय नाकाहरुमा भरिया बनाई लागुऔषधमा संलग्न रहेको भेटिएको पाईएको बताउदैँ उनले , यहाँस्थित महिला समन्वय समिती आमा समुह तथा सरोकारवाला निकायहरुले जनचेतना फैलाई , उनीहरुलाई त्यसो गर्नबाट रोक्न समेत आग्रह गरे ।

यसअगाडि भएका घटनाहरुको सत्य तथ्य अनुसन्धान गरि सार्वजनिक गर्ने प्रतिबद्धता ब्यक्त गर्दै उहाँले व्यक्ति र संगठन एक आपसमा फरक भएकोले प्रहरी आफनो काम,कर्तव्यमा सधै लाग्ने समेत स्पष्ट पारे ।

कार्यक्रममा एसपी रेग्मीले जिल्लामा सर्वाधिक चर्चामा रहेको रुपा हत्या काण्डको अनुसन्धान भैरहेको बताउदै लगभग दोषीको नजीक पुगेको जानकारी दिए ।

रेग्मीले समाजमा लुकेर रहेका अपराधी तथा दोषीलाई कानुनको दायरामा ल्याउन तथा आम सर्बसाधारण लाई सहायता गर्नका निम्ती नगर तथा गाउँपालिकासंग समन्वय गर्ने बताए ।

कार्यक्रमको समापन गर्दै ढोरपाटन नगरपालिकाका नगरप्रमुख देबकुमार नेपालीले नेपाल प्रहरीले गरेका काम सराहनीय भएको बताउदै , समाजका बिकृती बिसङ्गती हटाउनका लागी आफुले पनि प्रहरी संग समन्वयकारी भुमिका निर्वाह गर्ने बताए ।

कार्यक्रमको सहजीकरण ईलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रहरी निरीक्षक कृष्ण रानाले गरेका थिए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *