स्वाँराका गुरुङ्ग समुदायको पहिलो होमस्टे महोत्सवको सम्पूर्ण तयारी पूरा ।

कौरव खत्री,गुल्मी २०७४ पुस ९ । गुल्मीको स्वाँराका गुरुङ्ग समुदायद्धाराले भोलिदेखि तिन दिनसम्म सञ्चालन हुने पहिलो पटक प्रथम होमस्टे महोत्सवको तयारी पूरा भएको छ ।

मुसिकोट नगरपालिका वडा नं. ६ अन्तर्गत स्वाँरामा रहेकाका गुरुङ्ग समुदायहरुले पहिलो पटक सञ्चालन गर्न लागिएको होमस्टे महोत्सवको लागि मञ्च व्यवस्थापन, सरसफाई र सजावट तथा भलिबल ग्रराउण्ड सम्मयाउने लगायतका कार्य सहित सम्पूर्ण तयारी पूरा भएको समाजसेवी कुल बहादुर गुरुङ्गले जानकारी दिए ।

भोलिदेखि अर्थात पौष १० देखि १३ गतेसम्म सञ्चालन हुने होमस्टे महोत्सवमा गुरुङ्ग समुदायका परम्परागत विभिन्न कला संस्कृति झल्किने साँस्कृतिक प्रस्तुती तथा खेलकुद कार्यक्रमहरु लगायत महोत्सवका मुख्य आकर्षण रहने युवा समाजसेवी गुरुङ्गले जानकारी दिए ।

पहिलो पटक होमस्टे महोत्सव यसको प्रचार प्रसार गदै होमस्टेमा आन्तरिक तथा बाह्य पर्यटकहरुको संख्यामा बृद्धि गर्ने र गुरुङ्ग समुदायका परम्परागत कला संस्कृतिको जर्गेना गर्ने लक्ष्य सहित प्रथम होमस्टे महोत्सवको आयोजना गर्न लागिएको समाजसेवी गुरुङ्गले बताए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *