अर्जुन रेग्मी, बागलुङ २०७४ पुस ९ । पछिल्लो समयमा समाजको विकास हामी आफैबाट गर्नु पर्छ भन्ने बागलुङ निसिखोला गाउपलिका ४ मा रहेको जिवन्त देउराली यूवा क्लव अहिले एउटा उदारण बनेको छ ।
अब हाम्रो समाजको विकासमा कुनै सस्थां कुनै नेताको भरमा न रही सस्थां भनेनी नेता भनेनी हामी जनता हो भन्दै विकासको मैदानमा उठेको जीवन्त देउराली युवा क्लव निसी खोला गाउपलिका ४ थापागाउका जन जन को मुटु बनेको छ । पहिलेनै स्थापना भएको बिचमा मेटिनलाको क्लवलाई फेरी हलक्क र्उलेको बर्षा यामको खोला उर्ले जस्तै गरी विकासका कामहरुको थालनी गरेको छ ।
२०७४ सालको दिपावलीको अवसरमा देउसी भैलो कार्यक्रमको अयोजना गरी उठेको रकम बाट थापागाउको अव्यवस्थित खानेपानीका धाराहरु व्यवस्थित गदै प्रत्यक टोल टोलमा धाराहरु निमार्ण गरेको छ । यस काम बाट थापागाउ बासी देश तथा विदेशमा रहेका आमाबुबा दाजुभाई अत्यन्तै खुसी हुदै आफुले सक्दो सहयोग गरी यस क्लवलाई अझ प्रोसान पैदा गराउदा अब क्लवले नया नया कामको थालनी गदै विकासको तिब्रता कसीलो बनाएको छ ।
अब समाजका हरेक काममा क्लव सक्रिय भएर लाग्ने क्लवका सदस्य हरुले बताएका छन । खानेपानीका धाराहरु निमार्ण गरी सके लगतै अब समाजमा विभिन्न चेतना मुलक कार्यक्रम ,गाउमा उकाली ओराली गर्दा थुचुक्क बस्ने चौतारो निमार्ण गर्ने क्लबले जनाएको छ ।