सुमन जि.सी. बागलुङ, २०७४ पुस ९ । नेपाल बचत तथा ऋण केन्द्रिय सहकारी संघ लि. नेफ्स्कुनका सञ्चालक चण्डिप्रसाद शर्मा पौडेलले सहकारी संस्थाको सकृयता र निश्कृयता त्यसमा रहने नेतृत्व पङ्तीमा निर्भर हुने बताएका छन् ।
दिदीबहीनी बचत तथा ऋण सहकारी संस्था लि. गल्कोट न.पा.–३ वागलुङको पाँचौ वार्षिक साधारण सभालाई सम्वोधन गर्दै प्रमुख अतीथि पौडेलले उक्त कुरा बताएका हुन । नेपालको ग्रामीण क्षेत्रमा धैरै सहकारी संस्थाहरु सेवा भावले स्थापना भएतापनी अवको सहकारीको युग बद्लीएकाले सदस्यहरुको ईच्छा र चाहाना अनुरुप सोच र शैलीमा बद्लाभ लीई नेतृत्व अगाडि वढ्नुपर्ने पौडेलको भनाई थियो ।
ग्रामीण क्षेत्रमा स्थापीत सहकारी संस्थाहरुले बचत र ऋणको सन्तुलन मिलाउन नसक्दा समस्या सिर्जना भईरहेको बताउदै पौडेलले सहकारीमा बचत र ऋण बिचको सन्तुलन मिलाउन सकेमा मात्र संस्थाले जिवन्तता पाउने कुरामा जोड दिएका थिए ।
कार्यक्रममा जिल्ला स्वस्थ्य सहकारी संघ लि. बागलुङका अध्यक्ष सीता शर्मा, ग्लोबल आई.एम.ई. हटिया का प्रवन्धक हेमराज शर्मा, महिला जागरण केन्द्र हटियाका अध्यक्ष मञ्जु चालीसे, गौमुखी कृषि सहकारी संस्था लि. का अध्यक्ष शिवकुमारी खत्री, शेयर सदस्य फुलमाया परियार लगाएतले साधारण सभाको सफलताको शुभकामना व्यक्त गरेका थिए ।
साधारण सभाका अवसरमा संस्थाले विभिन्न विधामा आफ्ना शेयर सदस्य तथा सदस्यका छोराछोरीहरुलाई सम्मान गरेको थियो ।
साधारण सभामा संस्थाको आ.व. ०७३।०७४ को वार्षिक प्रगती प्रतिवेदन र आ.व. ०७४।०७५ को प्रस्तावित नीति तथा कार्यक्रम संस्थाका प्रवन्धक सुनीता बोहार क्षेत्री र आ.व. ०७३।०७४ को आर्थिक प्रगती प्रतिवेदन तथा आ.व. ०७४।०७५ को प्रस्तावित आय व्यय विवरण संस्थाका कोषाध्यक्ष मिना चोखालले प्रस्तुत गरेकी थिईन । प्रस्तुत प्रतिवेदन साधारण सभाको बन्द सत्रमा छलफल भई सर्वसम्मतीबाट पारित भएको थियो ।
कार्यक्रम संस्थाका अध्यक्ष कमला दर्जिको अध्यक्षता कोषाध्यक्ष चोखालको स्वागत र सञ्चालन सचिव शेरकुमारी मल्लले गरेकी थिईन ।