मल्म बहुउद्येश्यीय सहकारी संस्था लिमिटेडको १० औं साधारण सभा तथा चौंथो अधिवेशन सम्पन्न

थम्मन थापा सन्देश, बागलुङ २०७४ पुस ८ । मल्म बहुउद्येश्यीय सहकारी संस्था लिमिटेड गलकोट नगरपालिका ७ मल्म बागलुङको १० औं वार्षिक साधारण सभा तथा चौंथो अधिवेशन आज सम्पन्न भएको छ । अधिवेशनले छुम बहादुर थापाको अध्यक्षतामा ११ सदस्यीय नयाॅ कार्य समिति चयन गरेको छ । समितिको उपाध्यक्षमा हरिदत्त गौतम, सचिवमा तुल बहादुर थापा, र कोषाध्यक्षमा थुम कुमारी थापा रहनुभएको छ । समितिको सदस्यहरुमा टिका बहादुर थापा, लोक बहादुर थापा, यम बहादुर थापा, हेम बहादुर भण्डारी, पदमा थापा र टेकनाथ गौतम रहेका छन् । त्यस्तै विष्णु प्रसाद गौतमको संयोजकत्वमा ३ सदस्यीय लेखा समिति चयन गरिएको छ ।

समितिको सदस्यहरुमा डोल बहादुर केसी र घनश्याम चालिसे रहेका छन् । टिका बहादुर थापाको संयोजकत्वमा ३ सदस्यीय ऋण समिति चयन गरिएको छ । समितिको सदस्यमा भविन्द्र गौतम र प्रवन्धक सन्त भण्डारी रहनु भएको छ । हरिदत्त गौतमको संयोजकत्वमा ३ सदस्यीय शिक्षा समिति चयन गरेको छ ।

सो अवसरमा संस्थाको प्रगति प्रतिवेदन र रु ६ करोड २३ लाख ४ हजार ५ सय ३० आर्थिक प्रतिवेदन प्रस्तुत गरिएको थियो । समितिको सदस्यमा भरत केसी र प्रेम बहादुर थापा रहेका छन् ।

सो अवसरमा असल ऋणि, असल बचतकर्ता, नियमित बचतकर्ता, ज्येष्ठ नागरिक सेयर सदस्य, असल बाल बचतकर्ता लगायतलाई अभिनन्दन गरिएको थियो ।

गलकोट नगरपालिका वडा नं ७ का वडा अध्यक्ष सुवेदार टिका बहादुर थापाको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा गलकोट बहुउद्येश्यीय सहकारी संस्था लिमिटेडका उपाध्यक्ष टंक चालिसे, हरियाली बहुउद्येश्यीय सहकारी संस्था लिमिटेडका लेखा समिति संयोजक टिकाराम कॅडेल, मल्म बहुउद्येश्यीय सहकारी संस्था लिमिटेडका सेयर सदस्य शुशिला गौतमले शुभकामना मन्तव्य राखेका थिए ।

कार्यक्रम संस्थाका अध्यक्ष राम बहादुर थापाको अध्यक्षता, उपाध्यक्ष छुम बहादुर थापाको स्वागत र सचिव हरिदत्त गौतमको सञ्चालनमा सम्पन्न भएको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *