अमेरिकी यूनिर्भसिटीको इतिहासमा पहिलो रेकर्ड : लिङकन विश्वविद्यालय स्ववियुमा नेपाली विद्यार्थी विजयी

अमेरिका, २०७४ पुस ८ । संयुक्त राज्य अमेरिकाको क्यालिफोनिया राज्य ओखलाडमा अवस्थित लिङकन विश्वविद्यालयमा नेपाली विद्यार्थीहरु विश्वविद्यालको स्वतन्त्र विद्यार्थी युनियनमा निविरोध निवार्चित भएका छन् । निवार्चित हुनेमा बाग्लुङका राजन कंडेल अध्यक्षमा, उपाध्यक्षमा काठमाडौंकी प्रकृति कोईरला पोख्रल, सचिवमा काभ्रेका अमृत पराजुली र कोषाध्यक्षमा बुटवलका विजय शर्मा रहेका छन् । अध्यक्ष कंडेल र उनको टिम सन् २०१७/१८ का लागि निवार्चित भएको हो ।

राजन कंडेल, विजयशर्मा, अमृत पराजुली एम.वि.ए विद्यार्थी हुन् भने प्रकृति कोईरला पोख्रल पि.ए.डी. गर्दै छिन् । यो विजय अमेरिकी यूनिर्भसिटीको इतिहासमा नेपाली विद्यार्थीको प्यानलनै विजय भएको पहिलो रर्कड भएको अध्यक्ष कँडेलले ईबागलुङ डटकमलाई जानकारी दिए ।

अध्यक्ष कंडेल आउने दिनमा विद्यार्थी हक हितको लागि लाड्ने र बिद्यार्थीहरुको विशेष सुविधाहरुलाई विश्व विद्यालयसँग समन्वय गरेर अगाडि बढ्ने बताए ।

लिङकन विश्वविद्यालय सन् १९१९मा स्थापना भएको हो र यस विश्व विद्यलयमा मेडिकल एलाइड साईन्स र म्यानेजमेन्ट दुवै विषय पढाई हुन्छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *