बुर्तिवाङ नमुना शहर निर्माणले गति लियो, शाखा सडकमा ट्रयाक खोल्ने काम सुरु !

कृष्ण कँडेल, बागलुङ २०७३ माघ २० । बुर्तिबाङ नमुना शहर आयोजनाको ईलाका प्रहरी कार्यालय बुर्तिबाङ देखि ईलाका प्रसाशन चोक सम्मको साखा सडक विस्तार र स्तरोन्नतीका लागि बुधबार देखि ट्रयाक खोल्ने कार्य सुरु गरिएको छ ।

सडकको दायाँ बाँयाका जग्गा धनीहरुले सडकमा पर्ने जग्गा छाड्ने विषयमा सहमती हुननसक्दा रोकिएको सडक निर्माणको काम स्थानिय रुपमा क्रियाशील राजनीतिक दलका अगुवाको सहभागीतामा समन्वय गरि सुरु गरिएको हो ।

सडक विस्तार क्षेत्रमा पर्ने २ मिटरको कुलोलाई आधार मानेर त्यसको दायाँवायाँ २÷२ मिटर लिने गरि ६ मिटरको सडक निर्माण गर्ने गरि राजनीतिक दलका प्रतिनिधि र जग्गा धनीको उपस्थितीका सहमती गरेर काम सुर गरिएको बुर्तिबाङ नगरविकास समितिका अध्यक्ष अर्जुन शेरचनले जानकरी दिए ।

नमुना शहर आयोजना अन्तरगत चालु आर्थिक बर्षमा स्विकृत भएको बजेटबाट शाखा सडक विस्तारको काम गर्ने गरि गत असोजमा धुलिखेल आत्रेय जेभिसँग ठेक्का सम्झौता भएपनि जग्गाा धनीसँग कुरा नमिल्दा अहिले सम्म काम सुरु हुने सकेको थिएन ।

जग्गा धनीहरुले आफ्नो जग्गा तथा भौतिक संरचना बचाईदिन नगरविकास समितिमा निवेदन समेत दिएका थिए ।
निवेदन दिएका मध्य केहि जग्गा धनीसँग हिजै छलफल गरिएको र बाँकी सँग आज छलफल गरेर काम तिब्र रुपमा अघि बढाईने अध्यक्ष शेरचनले बताए ।
बुर्तिबाङ नमुना शहर आयोजनाको काम अपेक्षाकृत हुन नसकेर आयोजना फिर्ता हुन सक्ने चर्चा विच विवादित ठाउँमा सहयोग र समन्वय गर्न स्थानिय रुपमा क्रियाशील राजनितिक दलका प्रतिनिधि रहेको सहयोग समन्वय समिति गठन भएको थियो ।

नगर विकास समिति, हिजो गठन राजनितिक समितिका सदस्य, नयाँ शहर आयोजनाका प्राविधिक तथा जग्गा धनी विच छलफल पछि सडकको मापदण्ड अनुसार काम अघि बढाउने सहमती गरिएको नेकपा माओवादी केन्द्रका नेता चन्द्र अर्यालले जानकारी दिए ।

स्थानिय रुपमा विकासको काम हुन नसक्ने र बजेट समेत खर्च नहुने अबस्था आए नयाँ शहर बुर्तिबाङबाट फिर्ता हुने चिन्ता सहित नगरविकास समिति, स्थानिय राजनितिक दल तथा सम्पुर्ण सरोकारवालाको थप सक्रियातामा काम अघि बढाउने निर्णय मंगलबार मात्र भएको बैठकले गरेको थियो । त्यस लगत्तै बुर्तिबाङ बजारको विचबाट निर्माण हुने शाखा सडकको काम सुरु गरिएको हो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *