रहिनन् रक्त क्याँन्सर पीडिता सावित्रा बिक : रह्यो त, कसैको दुराग्रह !

बुर्तिवाङ २०७४ पुस ७ । रक्त क्यान्सरबाट ग्रसित सावित्रा(त्री) विकको दु:खद निधन भएको छ । उनका गरीव बाबुआमाले उनलाई बचाउन जतिनै हार-गुहार गरेपनि दैवले उनिहरुको रोदन सुनेन, न उनको उपचारका लागि इबागलुङ लगायत विभिन्न सन्चार माध्यमहरुले सहयोगका लागी समचार सम्प्रेषण गरी अर्थसंकलनमा मद्दत पुराएको काम लाग्यो ।

सावित्राको रोगको उपचारका लागि ईबागलुङका संपादक राम सुवेदीले सर्वप्रथम ईबागलुङमा समाचार सम्प्रेषण गरे लगत्तै भाईरल बन्न पुगेको सावित्रा विकको कथा-व्यथा थाहा पाउँदा साथ ढोरपाटन नगरपालिकाका प्रमुख देवकुमार नेपालीले आफनो तर्फबाट दिएको नगद रु १ लाख र ढोरपाटन नगरपालिकाका तर्फबाट उपलव्ध गराईएको रु १ लाखले नै केहि गर्न सक्यो । बाँचेर यो संसारलाई हेर्न चाहने विकको जीवन यौवनावस्थामै कालले चुँडेर लग्यो । उनको अल्पायुमा भएको निधनले खासगरी बागलुङ जिल्लाको सुदूर पश्चिम क्षेत्रवासी सबैलाई दु:खित तुल्याएको छ ।

सावित्रा विक अव यस संसारमा छैनन् । तर उनको उपचारलाई लिएर हिलो छ्याप्नेहरुको चर्चा यद्यपि यस क्षेत्रमा रहि रहेकै छ । आफुले पनि नगर्ने अरुले गरेको पनि देखी नसक्ने कसै कसैका आँखामा सावित्राको उपचारलाई लिएर जालो लाग्यो । उनको उपचारलाई लिएर पीत राजनीति समेत गरियो । दुरासय युक्त हरफहरुले फेसबुकमा पानाहरु भरिएका मात्र होईनन् सयौंका नाममा ट्याग गरेर गलत सन्देश प्रवाह गर्ने दुस्साहस समेत गरियो, जुन यस निसी भूजी तमान क्षेत्रका जनतालाई पचेको छैन ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *