ब्रह्माकुमारी इश्वरीय विश्वविद्यालयद्वारा सभासदहरुलाई बधाई/शुभकामना

बागलुङ २०७४ पुष ६ । ब्रह्माकुमारी ईश्वरीय विश्व विद्यालयको आयोजनामा संगीय तहको निर्वाचनमा निर्वाचित प्रतिनिधि सभा तथा प्रदेश नं ४ का प्रदेश सभाहरुलाई बिहिबार स्वागत तथा बधाई कार्यक्रम सम्पन्न भएको छ ।

बागलुङ क्षेत्र नं १ को प्रतिनिधि सभामा निर्वाचित सभासद डा. सुर्य पाठक एवं प्रदेश सभामा निर्वाचित सभासद ईन्द्रलाल सापकोटालाई स्वागत गरिएको थियो । उहाँहरुलाई स्वागत गर्दै संचालिका ब्रह्माकुमारी सावित्री दिदिले जिल्ला, क्षेत्र तथा देशको विकास र सुशासनका लागि सक्रिय भएर लाग्न निर्वाचित सभासदलाई आग्रह गर्नुभयो । साथै उहाँले सफल कार्यकालका लागि शुभकामना पनि व्यक्त गर्नुभयो ।

कार्यक्रममा प्रतिनिधि सभाका सभासद पाठकले जनताको समस्यलाई बुझेर राजनिति भन्दा पनि देशको विकासका लागि विशेष जोड दिने महत्वपूर्ण धारणा राख्नुभयो । प्रदेश सभासद सापकोटाले नैतिक मुल्य शिक्षाद्वारा समाज परिवर्तन गर्न कार्य सस्थाले गरेको भन्दै देशको सुख, शान्ति, सवृद्धिको लागि जनताको आशालाई पुर्ण गर्ने प्रतिवद्धता व्यक्त गनुभएको थियो

ब्रम्हकुमारी सावित्री दिदीको अध्यक्षता, ब्रह्माकुमार श्रीकृष्ण शर्माको संचालन, ब्रह्माकुमार वेदविकल शाक्यको स्वागत गीत एव ब्रह्माकुमार योगनाथ कडेलको स्वागत मनतव्यमा सम्पन्न कार्यक्रममा ७० जना सहभागि थिए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *