साताको तस्वीर : पर्वत महोत्सवको नि:शुल्क उपहार !

पश्चिमान्चल औद्योगिक मेला तथा पाँचौ पर्वत महोत्सवमा माघ १९ गते बुधवार नेपाल टेलिकमले नि:शुल्क प्रिपेड सिम कार्ड वितरण गरेको छ ।
नागरिकताको प्रमाणपत्रको प्रतिलिपी (फोटो कपी) लगेर दिएपछी नि:शुल्क सिमकार्ड पाईने भएपछी ग्राहकहरुको भीड लागेको थियो । नानीहरु बोकेरै ग्राहकहरु लाईनमा बसेका थिए ।

बुधवार मात्रै ५ सय जनाले भन्दा बढीले नि:शुल्क प्रिपेड सिमकार्ड लिएका थिए ।

यसैगरी बुधवार नै महोत्सव स्थलमा एनआइसी,एशिया बैँक (NIC ASIA BANK)ले बिना रकम नि:शुल्क खाता खोल्ने सुविधा दियो । बैँकले महोत्सव स्थलमा राखेको स्टलमा खाता खोल्न ईच्छुक व्यक्तिहरुले यस मौकाको फाईदा उठाएका थिए ।

तस्वीर- प्रकाश पौडेल, पर्वत ।
पर्वत २०७३ माघ २० ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published.