Sorry, that menu does not exist.
 

नेकपा एमाले र माओवादीको पार्टी एकतालाई कुनै शक्तिले रोक्न सक्दैन : सांसद पौडेल (फोटो फिचर )

बिमल खड्का, बागलुङ २०७४ मंसिर २९ । बाग्लुङ जिल्लामा स्पष्ट बहुमतको साथ चुनाव जितेका बामपंथी दलले आज भव्य -याली सहित बिशाल आम सभा बुर्तिबाङमा गरेको छन ।

गत मंसिर १० गते सम्पन्न भएको प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा बामपंथी गठबन्धनले जिल्लामा स्पष्ट बहुमत हासिल गरेको खुसीयालीमा बामपंथी दलले आज जिल्लाको बुर्तिबाङ बजारमा बाजागाजा सहित भव्य विजयी -याली तथा आम सभा सपन्न गरेको छ । बुर्तिबाङको सिनेमारोडबाट सुरु भएको बिशाल –याली बजार परिक्रमा गरि बाम गठबन्धनको कार्यालय अगाडी आम सभामा परिणत भएको थियो ।

आम सभालाई सम्बोधन गर्दै बाग्लुङ जिल्ला क्षेत्र नं २ का प्रतिनिधी सभाका नबनिर्बाचित सांसद देवेन्द्र पौडेले सबिधानमा लेखेको समाजबाद उन्मुख बिकाश लागी बिपक्ष दल सगँ पनि सहकार्य गरि अगाडी बढ्ने बताउनुभएको छ । उहाँले बाम पन्थीहरुको धुर्विकरण कसैका बिरुद्ध नभएको बताउदै स्थायी सरकारबाट बिकाश समृद्धी र शुसासनका एजेण्डाहरुलाई जनताको घर दैलोमा पु-याउन भएको भन्दै बिपक्षीय दलहरु सगँ पनि सहकार्य गरि अगाडी बढ्ने बताउनुभएको छ ।

बामपन्थी शक्क्तीहरुको एकता देखेर बिपक्षी पाटीहरु गरेको टिकाटिप्ण्ीले माओवादी र एमालेको पाटी एकतालाई कुनै असर नगर्ने उहाँले बताउनुभएको छ । एमाले र माओवादीको एकतालाई जनताले पनि रुचाएका कारण पाटी एकतालाई संसारको कुनै पनि शक्क्ती रोक्न नसक्ने उहाँले जिकिर गनुभएको हो ।

जनताको अमुल्य मतले आफु बिजयी भएको भन्दै यस ठाउँको बिकाशका हरबखत जनता माझ रहि जनताकै परिमर्का बुझी बाकी रहेको जिवन जनतामाझ नै व्यतित गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

कार्यक्रममा प्रदेश क का प्रदेश सांसद चन्द्र बहादुर बुढा सागरले यस ठाउँको आवश्यकता अनुसार जनता माझमा रहि बिकाशको अनुभुति हुने गरि काम गर्ने बताउनुभयो । बिगतका कमिकमजोरीहरुलाइ सच्याई अबका दिनमा बाग्लुङ जिल्लालाई हराभरा बनाउने जिम्मा आफुहरुको रहेको बताउदै यो एकता दिर्धकालीन सम्म रहिरहने भएकाले भावनात्मक र बैचारिक हिसाबले जनताको नजिक भएर बिकासको काममा हातेमालो गर्ने बताउनुभयो ।

कार्यक्रममा प्रदेश ख का अर्का सांसाद टेक बहादुर पुनले अहिलेका गाउँपालिका र नगरपालिका ५ बर्ष सम्म सुबिधायुक्त बनाउने आफनो पहिलो प्राथमिकतामा रहेको बताउनुभयो । उहाँले ५ बर्ष सम्म पुरानै स्थिती भयो भने बाम पन्थीहररुलाई जनताले अङगिकार गर्ने बताउनुभयो ।

कार्यक्रममा ढोरपाटन नगरपालिकका प्रमुख देबकुमार नेपालीले दुखी गरिब जनताको आशुहरु पुछने काम नबनिबार्चित प्रतिनिधीहरुले गर्नृपर्ने बताउनुभयो । कार्यक्रममा नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य तुल्सीराम अर्याल , बाग्लुङ जील्ला क्षेत्र नं २ निबार्चन परिचालन कमिटी सयोजक धर्म कुँवर क्रान्तिकारी महिला संघ बाग्लुङ जिल्ला अध्यक्ष कुशुम बुढा लगाएतले आफनो शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रममा बाग्लुङ क्षेत्र न २ कलस्टर २ का निशी भुजी आसपासका स्थानीयहरुको उल्लेखनीय उपस्थिीती रहेको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply