सरोकारवालाहरुका लागि पुर्ण सरसफाई अभिमुखीकरण कार्यक्रम मुसिकोट नगरपालिकामा

विमल नेपाली, गुल्मी, २७ मंसिर । “हामी सवैको एउटै रहर, पुर्ण सरसफाई गाउँघर” भन्ने मुलनारासहित सरोकारवालाहरुको लागि नगरपालिकास्तरीय पुर्ण सरसफाई अभिमुखीकरण कार्यक्रम मुसिकोट नगरपालिकामा सम्पन्न भएको छ ।

कार्यक्रममा बोल्दै मुसिकोट नगरपालिकाका मेयर सोमनाथ सापकोटाले खानेपानीको सहज पहँच भएमात्र पुर्ण सरसफाई सम्भव भएको बताउनुभयो । उहाँले आर्थिक वर्ष २०७४।७५ मा नगरपालिका भित्रका १५ सय घरधुरीमा पुर्ण सरसफाईको पहुँच पु¥याउन लक्ष्यसहित कार्यक्रम अगाडी बढेको बताउनुभयो । सापकोटाले नगरभित्रका पुराना खानेपानी योजनाहरुलाई व्यवस्थित गर्ने, आवश्यक नयाँ आयोजनाहरु सञ्चालन गरी “एक घर, एक धारा” कार्यक्रमलाई कार्यन्वयन गर्दै खानेपानीको सहज पहुँच र पुर्ण सरसफाई कार्यक्रमलाई नगरले पहिलो प्राथमिकता दिएको बताउनुभयो ।

नगरभित्र खानेपानीका श्रोत नभएको स्थानमा आकाशे पानी संकलन गरी खानेपानीको पहुँच पु¥याउन बजेटको व्यवस्था गरिएको उहाँको भनाई छ । नगरभित्रका पुराना खानेपानी योजनाहरुको व्यस्थापन र नयाँ आवश्यक योजनाहरुलाई बजेटको कमी हुन नदिने बताउँदै मेयर सापकोटाले पुण सरसफाई कार्यक्रमलाई सफल बनाउन सवै सरोकारवालालाई सहयोग गर्न आग्रह समेत गर्नुभयो ।

कार्यक्रममा पश्चिम नेपाल ग्रामिण खानेपानी तथा सरसफाई परियोजना पोखराका सुचना तथा सरसफाई विज्ञ तथा कार्यक्रमका मुख्य प्रशिक्षक चन्द्रभक्त विष्टले स्वच्छ खानेपानीका लागि पुर्ण सरसफाई आवश्यक रहेको बनाउनुभयो । पुर्ण सफा कोही पनि नहुने भन्दै उहाँले निरन्तर सरसफाईमा ध्यान दिनुपर्ने बताउनुभयो । प्रत्येक घरमा शुद्ध पानी पुगोस भन्ने अवधारणासहित आफुहरु अगाडी बढेको बताउदै विष्टले पुर्ण सरसफाई तथा स्वच्छ खानेपानी प्राप्त गर्नु नागरिक अधिकार भएको बनाउनुभयो । उहाँले कार्यक्रममा देशमा पुर्ण सरसफाईको अवस्था, पुर्ण सरसफाईयुक्त हुन ध्यान दिनपर्ने कुरा तथा पुर्ण सरसफाई सुचकहरु (दिशाको उचित व्यवस्थापन, चर्पिको नियमित प्रयोग तथा सरसफाई, जोखिमपुर्ण अवस्थामा साबुन पानीले हात धुने, पिउने पानीको सुरक्षित भण्डारण एवम शुद्धिकरण, व्यक्तिगत, घरायसी र वातावरणीय सरसफाई) एवम सफासँग साबुन पानीले हात धुने तरिका लगायतका विषयमा प्रशिक्षण दिनुभएको थियो ।

यस्तै कार्यक्रमको बारेमा जानकारी गराउँदै गुल्मीका वास सल्लाहकार विनोद प्रकाश लुहारले नयाँ संरचनाका १४ जिल्लाका ८४ स्थानीय तहमा कार्यक्रम सञ्चालन भईरहेको बताउनुभयो । ६२ स्थानीय तहमा पुर्ण कार्यक्रम सञ्चालन भईरहेको र बाँकीमा यही आवमा कार्यक्रम सुरु हुने बताउनुभयो । नेपाल सरकार र फिनल्याण्ड सरकारको द्धिपक्षीय सम्झौतामा आर्थिक वर्ष २०७०÷७१ देखी आव ०७५÷७६ सम्मका लागि सञ्चालन भएको ६ वर्षे कार्यक्रम अन्तरगत ५ औँ वर्षका कार्यक्रमहरु जारी रहेको बताउनुभयो ।

परियोजना लागु भएका क्षेत्रका बासिन्दाहरुका लागि खानेपानी तथा सरसफाई पहुँच पु¥याउने, स्वास्थ्य तथा सामाजिक, आर्थिक व्यवस्थापनमा सुधार ल्याउने लगायतका उद्देश्यसहित कार्यक्रम सञ्चालन गरिएको लुहारले बताउनुभयो । २०६५ सालदेखि हालसम्म देशभरका ९ वटा जिल्लामा पहिलो चरण र १५ वटा जिल्लामा कार्यक्रम सञ्चालन भईरहेको उहाँले बताउनुभयो । २०७२ असार २६ गते खुल्ला दिशामुक्त तथा पुर्ण साक्षर जिल्ला घोषणा भएपश्चात गुल्मीमा दोश्रो चरण अन्तरगत पुर्ण सरसफाईको कार्यक्रम सञ्चालन भईरहेको लुहारले बताउनुभयो । मुहानदेखि मुखसम्म स्वच्छ खानेपानीको पहँचलाई जोड दिनै कुनै पनि तवरबाट सहयोग प्राप्त नगरेका, व्यवस्थित खानेपानी सेवाबाट बञ्चित तथा दुर्गम समुदायलाई पहिलो प्राथमिकतामा राखेर कार्यक्रम अगाडी बढाईएको उहाँको भनाई छ ।

पश्चिम नेपाल ग्रामिण खानेपानी तथा सरसफाई परियोजना (दोश्रो चरण) को प्राविधिक सहयोग र मुसिकोट नगरपालिकाको आयोजनामा सम्पन्न कार्यक्रम मुसिकोट नगरपालिकालाई पुर्ण सरसफाईयुक्त नगरपालिका बनाउने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको नगरपालिकाका वास संयोजक सिता भुषालले जानकारी दिनुभयो । कार्यक्रममा जनप्रतिनिधि, वडासचिव, विभिन्न संघसंस्थाका प्रतिनिधि तथा सञ्चारकर्मीको सहभागिता रहेको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *